Comments Add Comment

पाँच क्विन्टलको गाइ कारमाथि खसेपछि…

Cow-at-car
आखिर दिन बलियो भएपछि रिन लागेर केही हुँदैन भन्छन् बुढापाकाहरु । रिन मात्र होइन, दैव लागेपनि किन हुँदो रहेछन् दिन बलियो भएपछि । कुँदिरहेको कारमा ५ सय किलोको गाई खसेर बजि्रँदा समेत कारभित्र रहेका बाबु छोरा सकुशल हुनु दिन बलियो भएकै प्रमाण होइन र ?

यो घटना हालै फ्रान्समा घटेको हो । एक फ्रान्सेली पुरुष आफ्नो झट्केलो छोरालाई कारमा चढाएर स्पेनको सिमास्थित पेर्थस सहरस्थित पाएरेनिस पहाडी इलाकामा घुम्न लगेका थिए । पहाडको काखबाट सडक गुज्रिएको थियो । माथि चट्टानी पहाडका ढालहरुमा गाइवस्तु चरिरहेका थिए । एक्कासी एउडा बडेमाको गाई गुल्टिँदै आयो अनि कारमा बज्रियो । धन्न त्यो गाई कारको बीच भागमा नभई अघिल्लो बनोटको भागमा आएर बज्रियो ।

चर्ने क्रममा चिप्लिएर असन्तुलित भई खसेको उक्त गाई कारमा जोडसँग बज्रिँदा गाइको तत्कालै ज्यान गयो भने कार पनि नराम्रोसँग क्षतिग्रस्त भयो । स्थानीय ब्लु रेडियोसँग कुरा गर्दै कार चालकले भनेका छन् : हामीलाई चोटभन्दा पनि उक्त घटनाका कारण निकै डर लागेको छ । कार कुच्चिएको भन्दा गाइ मरेकोमा मलाई दुख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment