Comments Add Comment

शेष घलेले बनाइदिए आफैले अक्षर चिनेको बिद्यालय

Shesh-Ghale-at-Lamjung1

लम्जुङ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आफुले प्राथमिक शिक्षा हाँसिल गरेको लम्जुङको घनपोखरा-१ नायूँस्थित ग्रामकल्याण निम्न माध्यमिक बिद्यालय भवन निर्माण गरिदिएका छन् ।

आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमाया घलेको सम्मानमा बनाइएको ८ कोठे भवनको निर्माण एक बर्षमै पुरा भएको छ ।

Shesh-Ghale-at-Lamjung5

आइतबार भवन उदघाटनका लागि गाउँ पुगेका घलेले आफ्नो बाल्यकाल सम्झिएर पटक-पटक आँसु झारे । आफुले स्कूल पढिन्जेल दिनभर हजुरआमाले स्कूलमै कुरेर बसेका दिनहरु सम्झिएर उनी भक्कानिए ।

गाउँमा माध्यमिकतहको बिद्यालय नहुँदा टाढा बसेर पढ्नुपरेको र आफ्ना पिताले खर्च बोकेर हरेक साता आफुलाई पढाउने गरेका दिनहरु सम्झिएर उनको गला अबरुद्ध भयो ।

पत्नी जमुना गुरुङ र नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटसहित गाउँ पुगेका घलेले आमासँगै भवनको उद्घाटन गरे । ८७ बर्षीया आमा देवीमायाको प्रत्यक्ष रेखदेखमा भवन निर्माण सम्पन्न भएको हो ।

Shesh-Ghale-at-Lamjung

‘म आजजुन ठाउँमा छु, त्यसको श्रेय यही स्कूललाई जान्छ’ घलेले भने- बिद्यालय भवन अभावमा गाउँका नानीहरुले पढाइ छाड्न नपरोस् र सानो उमेरमै बिदेशी भूमीमा पसिना बगाउन जान नपरोस् भनेर मैले भवन निर्माणमा सहयोग गरेको हुँ ।’

स्वास्थ्य र शिक्षामा लगानी गर्नेगरी नेपालको सवैभन्दा ठूलो निजी क्षेत्रको परोपकारी कोष घोषणा गरेका घले दम्पत्तिले गाउँको बिद्यालय निर्माण त्यसको हिस्सा भएको बताए । पहिलो काम नै द्रुत गतिमा सम्पन्न भएकोमा उनीहरु प्रसन्न थिए ।

आफ्नो मुलुकका ९९ औं नम्बरका धनी घले जन्मिएको गाउँमा पहिलोपटक पुगेका अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट दंग थिए । पञ्चेबाजा सहित गाउँलेको स्वागत पाएका ग्लेनले नेपाल आएपछि आफुले पाएको यो नै सवैभन्दा अविस्मरणीय स्वागत भएको बताए ।

Mother-of-Shesh-Ghale

‘मैले दिएको पैसा भन्दा पनि शिक्षा प्रति तपाई गाउँलेहरुको बिश्वास सवैभन्दा ठूलो सम्पत्ति हो’ घलेले भने- ‘मेरो जन्मगाउँका लागि यो सानो कोसेली मात्र हो, म यतिमै रोकिनेवाला छैन, शिक्षाबाट बञ्चित नेपालका गाउँगाउँमा सहयोग गर्ने मेरो धोको छ ।’

गाउँ र शहरमा शिक्षाको समान अबसर नहुँदा मुलुकको विकाश हुन नसकेको भन्दै उनले शिक्षामा समान अबसर वितरण सहित शिक्षा प्रणालीमै सुधार गर्नुपर्ने बताए ।

भूकम्पपछिको पुनःनिर्माणमा बिदेशी सहयोग जुटाउन सरकारका बिशेष दूत नियुक्त भएका घलेले भने- ‘भूकम्पका कारण झण्डै ८ हजार बिद्यालय भवन भत्किएका छन्, ९ लाख बिद्यार्थी कक्षाकोठा बाहिर छन, अब मुलुककै प्राथमिकता ती बिद्यालय बनाउने हुनुपर्छ ।

वि.स. २००८ सालमा स्थापित यो बिद्यालयमा अहिले २५० जना बिद्यार्थी अध्ययनरत छन् ।

थप तस्वीर हेर्नुहोस्

Bajagaja-at-Lamjung

Shesh-Ghale-at-Lamjung4

Ghale-with-his-Mother

Shesh-and-Jamuna

Shesh-Ghale-at-Lamjung3

Shesh-Ghale-at-Lamjung6

तस्वीरहरु: युवराज श्रेष्ठ/लमजुङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment