Comments Add Comment

गायक सितारामले मनाए आश्रमका बालबालिकासँग जन्मदिन

sitaram-birth-day
काठमाडौं । गायक सिताराम पोख्रेलले जन्मदिनको खुशीयाली पोखराको बाटुले चौरस्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमका बालबालिकासँग साटेका छन् ।

अक्टोवर ४ तारिखमा विराटनगरमा जन्मिएका सितारामले कठिन परिस्थितिमा रहेका आश्रमका बालबालिकाको लागि खाद्यान्न र स्टेसनरी समेत दिएर जन्मदिन मनाए ।

नेपाल आयल निगमका प्रशासन प्रमुखसमेत रहेका गायक पोख्रेलले विगत १० वर्ष देखि रचनात्मक काम गरेर जन्मदिन मनाउने गरेको बताए ।

सरकारी सेवाको शिलशिलामा करिव ८ वर्ष पोखरा बसेका उनले पोखराको बाल आश्रमकमा आएर जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताए । ‘पोखराको नाम सुन्दैमा आनन्द लागेर आउँछ’ उनले भने- ‘जन्म दिनको खुशीयाली पोखराको बाल आश्रममा साटन पाउँदा आफुलाई भाग्यमानी ठानेको छु ।’

उनले आगामि दिनमा पनि अन्नपूर्ण आत्मनिर्भर बाल आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तारे होटलमा पैसा खर्च गरेर जन्म दिन मनाउन भन्दा पनि यसरी जन्म दिन मनाउँदा मनमा आनन्द लाग्ने उनले सुनाए । ६ वटा एल्वम बजारमा ल्याएका उनले बालबालिकालाई गीत समेत सुनाएका थिए ।

‘२०६३ सालमा स्थापना भएको बाल आश्रममा कठिन परिस्थितिका ३१ जना बालबालिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment