Comments Add Comment

‘परदेशी’को लागि प्रशान्त नेपालमा, काम राम्रो गरेको तर्क

prashant-narayan-and-rajani
नायक तथा गायक प्रशान्त तामाङ आफ्नो नयाँ चलचित्र ‘परदेशी’को प्रमोशनका लागि नेपाल आएका छन् । दिल्लीमा आफ्नै परिवारसँग समय बिताइरहेका प्रशान्त सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित भए । उनले चलचित्रबाट आफू उत्साहित र आशावादी रहेको प्रतिक्रिया दिए । कार्यक्रममा गायक प्रशान्तले गीत गाएर पनि सुनाएका थिए ।

राजेश वंशलको निर्माणमा तयार भएको चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘गयौ आमा’ बोलको गीत अहिले चर्चामा छ । वीवी अनुरागीको संगीत रहेको चलचित्रको अडियो विमोचन पनि कार्यक्रममा गरियो । चलचित्रमा ६ वटा गीत समावेश छ, जसमध्ये कार्यक्रममा ४ वटा गीतको भिडियो प्रदर्शन गरिएको थियो ।

हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चलचित्रको गीतको विमोचन गरे । परदेशमा गएर नेपालीले पाएको दुखको कथालाई यो चलचित्रले मार्मिक रुपमा उठान गरेको छ । यसअघि वंशल र रायमाझीले मिलेर बनाएको चलचित्र ‘गोर्खापल्टन’ बम्पर व्यापार गरेको थियो । चलचित्रमा रजनी केसी, नरेन खड्का, केशव भट्टराई, तारा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको चर्चा चलेसँगै निर्माता राजेश वंशलले उत्कृष्ट चलचित्र बनाएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यो चलचित्र कात्तिक ३ गतेबाट प्रदर्शनमा आउादैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment