Comments Add Comment

भारु साट्दा नेपालीहरु ठगिँदै

ic-note१९ असोज, धनुषा । तराई-मधेसमा जारी अनिश्चितकालीन आमहड्तालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली ठगिने गरेका छन् । नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ सटही गर्दा मनपरी शुल्क लिने गरेकाले नेपालीहरु ठगिँदै आएका हुन् ।

बन्दका कारण बैंकहरु बन्द भएपछि सीमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपरी दररेटमा नेपाली रुपैयाँसँग् भारु साट्ने गरिएको छ । भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर-२ का शशीभूषण गुप्ताको भनाइ रहेको नयाँपत्रिकामा खबर छ ।

सीमावर्ती बसोपट्टी, जयनगर, दुहबी, भिट्ठामोड, सुरसन्ड, बन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य बस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment