Comments Add Comment

स्तन क्यान्सरको मारमा सहरी महिला

Istan१९ असोज, काठमाडौं । हतारको दैनिकी र वर्षमा एकपटक पनि स्वास्थ्य जाँच गर्ने समय निकाल्न नसक्दा सहरी क्षेत्रका पढेलेखेका महिला नै स्तन क्यान्सरबाट पीडित हुन थालेका छन् ।

घरपरिवार समाल्ने जिम्मेवारी र जागिरे जीवनले व्यस्त बनाउँदा आफैंले पनि पत्ता लगाउन सकिने र समयमै उपचार भए निको हुने स्तन क्यान्सरबाट पीडित हुने महिलाको संख्या बढिरहेको चिकित्सकले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालका अध्यक्ष डा. सुदीप् श्रेष्ठले स्तन क्यान्सरबाट सहरी महिला पनि पीडित हुने क्रम बढ्नु नेपालका लागि क्यासन्सरको रोकथाममा ठूलो चुनौती भएको बताए ।

सहरी क्षेत्रमा स्तन क्यान्सर झाँगिनुमा सहरीकरणसँगै उत्पन्न भएको अस्वस्थकर जीवनशैली नै प्रमुख कारकका रुपमा रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment