Comments Add Comment

समस्याग्रस्त वित्तीय संस्थामा तीन सय कर्मचारी

१९ असोज, काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा तीन सय कर्मचारी कार्यरत छन् । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको समस्याग्रस्त संस्थाहरुको विवरणमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकले १३ वटा संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त अवस्थामा रहेको संस्थाहरुले सेयरधनी र कर्मचारी कसैलाई पनि बोनस बाँड्न पाउँदैनन् ।

समस्याग्रस्त संस्थाहरुमध्ये सबैभन्दा बढी अर्थात ५४ जना कर्मचारी गोर्खा विकास बैंकमा छन् । क्रिष्टल फाइनान्समा सबैभन्दा कम अर्थात ७ जना कर्मचारी छन् ।

Samasyagrasta Bank

त्यसैगरी, नेपाल सेयर मार्केट्स बैंकिङ एण्ड फाइनान्समा ३६ जना, नारायणी विकास बैंक र अरुण फाइनान्समा २६/२६ जना, क्यापिटल मर्चेन्टमा २३ जना, ललितपुर फाइनान्समा २२ जना, कर्पोरेट डेभलपमेन्ट बैंकमा २१ जना, कुबेर मर्चेन्टमा १८ जना र नेपाल फाइनान्समा १३ जना कर्मचारी कार्यरत छन् ।

जागिरको सुरक्षा र राम्रो आम्दानीका कारण बैंकिङ क्षेत्र रोजगारीका लागि उत्तम मानिन्छ । धेरैजसो बैंक वित्तीय संस्थाका कर्मचारीहरुले बोनससहित जोड्दा १५ देखि १८ महिनासम्मको तलब पाउँछन् ।

तर, समस्याग्रस्त संस्थामा काम गर्ने कर्मचारीहरु भने मर्कामा परेका छन् । संस्था घाटामा रहेकाले उनीहरुले बोनस खान संस्थाले नाफा कमाएसम्म पर्खिनु पर्ने हुन्छ ।

समस्याग्रस्त संस्थामा कर्मचारी संख्या

नाम कर्मचारी संख्या
गोर्खा विकास बैंक ५४
नेपाल सेयर मार्केटस् बैंकिङ एण्ड फाइनान्स ३६
क्रिस्टल फाइनान्स
कुबेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स १८
हिमालयन फाइनान्स १३
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २३
वर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २२
जनरल फाइनान्स २१
नारायणी विकास बैंक २६
नेपाल फाइनान्स १३
कर्पोरेट डेभलपमेन्ट बैंक २१
अरुण फाइनान्स २६
ललितपुर फाइनान्स २२
कूल  ३०२ कूल  ३०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment