Comments Add Comment

कमेडी चलचित्र गर्न चाहन्छन् प्रशान्त, दयाहाङ र प्रियंका मनपर्ने कलाकार

prashant-tamang
‘तेश्रो इन्डियन आइडियल’ प्रशान्त तामाङले आफू नायक दयाहाङ राइको ठूलो फ्यान भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै तामाङले भने-‘सायद मेरो अनुहार सिरियस भएर होला, सबैले गम्भिर खालको भूमिकामा अफर गर्नुहुन्छ । तर, मलाई कमेडी चलचित्र गर्न मन लाग्छ ।’

प्रशान्तले आफूले दयाहाङको चलचित्र हेर्ने गरेको बताउँदै कमेडी चलचित्रको अफर आएको खण्डमा गर्ने बताए । आफूले अभिनय गरेका चलचित्र चलेपनि नचलेपनि आफूले भने मिहिनेत खुबै गर्ने गरेको उनको भनाई थियो ।

प्रशान्तले आफूले राम्रो कर्म गर्दै जाने बताउँदै फ्यान घट्ने र बढ्ने कुरालाई स्विकार गरेका छन् । उनले आफूलाई नायिकामा भने प्रियंका कार्की मनपर्ने बताए । नायिका कार्की आफैमा नृत्य निर्देशक पनि भएको भन्दै उनले उनको अभिनय पनि मनपर्ने बताए । चलचित्र क्षेत्र एउटा मनोरञ्जनको क्षेत्र भएको बताउँदै उनले गायकबाट नायक भएर आफूले गल्ती नगरेको पनि बताए ।

उनले भने-‘म गायकबाट नायक भएर गल्ती भयो भन्ने लाग्दैन । मनोरञ्जन क्षेत्रमा आएपछि हरेक कुराहरु सिक्नुपर्छ ।’ उनले आफूले सिक्न पाएकाले अभिनय पनि गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment