Comments Add Comment

खेल हार्दा भारतीय दर्शकको बितण्डा

India

१९ असोज, काठमाडाैं ।  भारतले दक्षिण अफ्रिकासितको दोस्रो टि-२० म्याचमा लज्जास्पद पराजय व्यहोरेको छ । ६ विकेटको जितसँगै दक्षिण अफ्रिकाले ३ म्याचको सिरिज कब्जा गरेको छ ।

भारत हारको संघारमा पुगेपछि भारतीय दर्शकहरुले उपद्रो मच्चाएका थिए । कट्टकस्थित बाराबाती रंगशालामा आयोजित म्याचमा भारतले हार्न लागेपछि दर्शकको अवरोधले दुई पटकसम्म खेल विथोलिएको थियो । दर्शकले ५० मिनेटसम्म अवरोध गरेर खेल भाँड्ने प्रयास गरे तापनि भारतको हार टरेन ।

टस हारेर पहिलो ब्याटिङ गरेको भारत केवल ९२ रनमा समेटिएपछि उत्तेजित भएका दर्शकले इनिङ ब्रेकका क्रममा बोतल झटारो हान्न थालेका थिए । घरभित्रको खेलमा यो उनीहरुको सबैभन्दा न्यून स्कोर थियो । दोस्रो पटक साउथ अफ्रिकाले ब्याटिङ गर्ने क्रममा विजयतर्फ लम्केपछि फेरी दर्शकले बितण्डा मच्चाएका थिए । दर्शकको वितण्डाले गर्दा फेरि २७ मिनेट खेल अवरुद्ध हुन पुग्यो ।

दर्शकले लगातार हुटिङ गर्दै ढुंगामुढा गरिरहँदा खेलाडीहरु मैदानभित्रै बसेर रमिता हेर्न वाध्य भए । सुरक्षाकर्मीहरु मैदान वरिपरी लाइन लागेर बसेपछि ढुंगामुढा रोकियो र खेल सुचारु भयो । तर त्यसको दुई ओभरपछि फेरि खेल रोकियो । २४ मिनेटसम्म खेल रोकिएपछि बल्लतल्ल प्रहरीले हुलदंगा गर्ने दर्शकलाई लखेट्यो । त्यसपछिको ४.१ ओभरमा दक्षिण अफ्रिकाले खेल जित्यो । आफ्नो देशले हार्न लाग्दा भारतीय दर्शकले बितण्डा मच्चाएको उदाहरण विगतमा थुप्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment