Comments Add Comment

दसैंमा जहिले वल्झन्छ काठमाण्डौमा चलचित्र प्रदर्शनको रडाको

nirmata-sang
जब दसैं पर्व आउँछ, काठमाण्डौमा चलचित्र प्रदर्शनको विवाद जहिले वल्भिmने गरेको छ । गतबर्ष नायिका रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ काठमाण्डौमा वुधबार प्रदर्शनमा आएपछि निर्माता संघ र चलचित्र संघको विवाद भएको थियो । यसपटक पनि यो विवादले स्थान पाउने भएको छ । यसैले पहिले नै निर्माता संघले यस बिषयमा कदम चालेको छ ।

अध्यक्ष राजकुमार राइले एक विज्ञप्ती जारी गर्दै चलचित्र संघसँग भएको सहमतीलाई कार्यन्वयन गर्न आग्रह गर्दै शुक्रबारमा चलचित्र चलाउन आग्रह गरेका छन् । मंगलबारबाट चलचित्र प्रदर्शनका लागि प्रचार भैरहेको भन्दै राजकुमारले वि.सं २०६० सालमा भएको निर्माता संघ र चलचित्र संघविच शुक्रबारमात्र काठमाण्डौमा चलचित्र चलाउने सहमतीलाई कार्यन्वयन गर्न आग्रह गरेका छन् ।

यो दसैंमा ४ वटा नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । जसले कात्तिक ३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भन्दै प्रचार गरिरहेका छन् । काठमाण्डौ बाहिर चलचित्र प्रदर्शनका लागि कुनै बारको नियम नभएपनि काठमाण्डौमा भने शुक्रबारमात्र नयाँ चलचित्र प्रदर्शन हुँदै आएका छन् । यो बर्ष पनि मंगलबारबाट नयाँ चलचित्र लागेको खण्डमा यसले विवाद खडा गर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment