Comments Add Comment

सलमान र आमिरको मित्रता टुट्दै, किन रोए आफ्नै पार्टीमा आमिर ?

salman-and-aamir
बलिउड नायक सलमान खान र आमिर खानको मित्रताको बिषयमा त सबै जानकार छन् । सलमान र आमिर खानले लामो समयदेखि एक अर्कालाई साथ दिदै आएका थिए । तर, बलिउडका चर्चित अनलाइन र टेलिभिजनको रिपोर्टलाई मान्ने हो भने, अब यी  दुइको मित्रता टुट्दै छ । यसको मुख्य कारण, यी दुइले काम गरिरहेको चलचित्रलाई मानिएको छ ।

आमिर खान अहिले चलचित्र ‘दंगाल’मा काम गरिरहेका छन् । यो चलचित्रमा उनी बक्सरको भूमिकामा काम गर्दैछन् । सलमान पनि बक्सरको कथामा नै तयार हुन लागेको नयाँ चलचित्र ‘सुल्तान’मा काम गर्दैछन् ।

सलमान र आमिरको लफडा एउटै बिषयवस्तुमा रहेर बन्न लागेको चलचित्रका कारण देखिएको हो ।
जुन गाउँमा आमिरले आफ्नो चलचित्रको छायांकन गरिरहेका छन्, सोही गाउँमा सलमान पनि चलचित्रको छायांकन गर्न जादैछन् । यसैले पनि यी दुइमा अब तनाव उत्पन्न भएको हो ।

आमिरले आफ्नो बान्द्रास्थित घरमा आयोजना गरेको पार्टीमा यी दुइको दुश्मनी सुरु भएको छनक देखिएको हो । सलमान खान समेत उपस्थित भएको पार्टीमा आमिरले उनको तारिफ गरेका थिए । तर, आमिरले भने-‘बजरंगी भाइजानमा सलमानले जुन काम गरेका छन्, त्यसको म तारिफ गर्छु । तर, उनलेे चलचित्र छान्ने शैली यसअघि देखाएका थिएनन् ।’

आमिरले सलमानले चलचित्रको कथावस्तु छान्न नसकेको आरोप लगाएका थिए । तर, सलमानले पनि यसको जवाफ फर्काउदै आमिरले जस्तो आफूले चलचित्रको  सफलताको हिस्सा आफूले मात्र नलिएको बताउँदै निर्देशक र लेखकलाई पनि दिने गरेको बताएका थिए ।

पार्टीबाट निस्कदै गर्दा सलमानले आमिरलाई ‘बनावटी’को संज्ञा समेत दिएका थिए । सलमानको यो कमेन्टपछि आमिर खान रोएका थिए । विगत २० सालदेखि देखिएको यो मित्रतामा दरार आएको आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment