Comments Add Comment

ओली प्रधानमन्त्री र कोइराला राष्ट्रपति : एमाले उपमहासचिव

१९ असोज, काठमाडौं । नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले शक्ति बाँडफाँडमा प्रमुख दलहरुबीच सहमति भइसकेको भन्दै त्यसमा तलमाथि नहुने बताएका छन् ।

Bishnu-Paudelसंविधान निर्माणका क्रममा १६ बुँदे सहमति गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भइसकेको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा पौडेलले भने-‘संविधान जारी भईसकेपछि केपी शर्मा ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने, सुशील कोइरालालाई राष्ट्रपति र एमाओवादीलाई सभामुख दिने गरी शक्ति बाँडफाँडमा सहमति भइसकेकोले त्यसमा तलमाथि हुँदैन ।’

सबै मुख्य पदमा फोरम लोकतान्त्रिकसहित चार राजनीतिक पार्टीहरुवीच सहमति भइसकेको भन्दै उनले असोज २४ गते ओलीको नेतृत्वमा सरकार बन्दने दाबी गरे । उनले भने-‘सुशील कोइरालाको प्रस्ताव केपी ओली हुनुहुन्थ्यो । अब ब उहाँ-ओली) प्रधानमन्त्री बन्दा सुशील कोइराला प्रस्तावक बन्नुपर्छ ।’

संविधानको सफल कार्यान्वयनका लागि दलीय एकता र सहकार्य आवश्यक भन्दै उनले यसबाट कोही पनि पछि हट्न नमिल्ने बताए । वर्तमान प्रधानमन्त्री कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्ने कुरा गलत भनिसकेको भन्दै उनले आशंका गर्नु नहुने बताए ।

उनले तीन दलसहितफोरम लोकतान्त्रिक र राप्रपा नेपालसहितका दलहरुको सहमतिमा ओली प्रधानमन्त्री बन्ने दाबी गरे ।

‘नयाँ सरकार नबनेसम्म संविधान संशोधन हुँदैन’

एमाले उप-महासचिव पौडेलले नयाँ सरकार गठन नहुन्जेलसम्म संविधान संशोधन हुन नसक्ने स्पष्ट पारे ।

उनले भने-‘पहिला संशोधन प्रस्ताव हाउसमा टेबल हुनुपर्छ । त्यो अहिलेसम्म भएकै छैन । फेरि पुरक संशोधन प्रस्ताव पर्न सक्छ । त्यसले पनि समय लिन्छ । त्यसैले नयाँ सरकार गठन हुनु भन्दा अगाडि संविधान संसोधन हुने सम्भावना कम छ ।’

जनसंख्याको आधार मात्र निर्वाचन क्षेत्र निर्धारण हुने ब्यवस्था कतै नभएको भन्दै उनले एक जिल्लामा कम्तिमा पनि एक निर्वाचन क्षेत्र नहुने गरी सहमति हुन नसक्ने बताए ।

समानुपातिक समावेशीमा आफूहरुको प्रतिबद्धता भएपनि सबै ठाँउमा त्यो लागू नहुने बताए । उनले भने-‘सबै ठाँउमा समावेशी हुन सक्दैन । हामीले राजनीतिक प्रतिनिधित्व र नियुक्तिमा समानुपातिक समावेशी गर्नुपर्छ । नागरिकताको सवालमा जे छ त्यही ठिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment