Comments Add Comment

‘वफ मःम झुक्याएर खुवाइदिए’

Susma Adhikari_Khana and Celebs
सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् मोडल सुष्मा अधिकारीले । सानैदेखि नाँच्ने रहर पालेकी सुष्मा चलचित्र भन्दा म्युजिक भिडियोमै बढी ब्यस्त भएको धारणा राख्छिन् ।

‘पीपल, खुर्पा र भोजपुरी फिल्म ‘दिवाना-२’ मा अभिनय गरेकी छिन् उनले । चलचित्र र म्युजिक भिडियोलाई बराबरी समय दिने योजनामा रहेकी सुष्मासँग अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्र्तगत गरिएको कुराकानी यस्तो छ :

बिहान र बेलुका के खानु हुन्छ ?
बिहान उठ्ने बित्तिकै ग्रीन टी पिउछु । त्यसको १ घण्टापछि मात्रै कफी पिउछु । ब्रेकफाष्टमा प्राय कर्नफल्याक्स खाने गर्छु । लञ्च टाईममा थोरै खाना खान्छुु, दाल, भात, तरकारी । बेलुका म प्राय खाना खान्न । बेलुका थोरै फलफुल खाएर सुत्छु ।

मिठो लाग्ने खानेकुरा ?
मेरो परिवारमा धेरै जना भेज हुनुहुन्छ । म मात्रै हो ननभेज । खीर असाध्यै मिठो लाग्छ ।

मिठो नलाग्ने खानेकुरा ?
मलाई लौकाको तरकारी पटक्कै मन पर्दैन । लौकाको तरकारीसँग एक गाँस पनि भात खान सक्दिन ।

मासु कत्तिको खानु हुन्छ ?
ठिकै । मटन त्यती मन पर्दैन । कुखुराको मासु खान्छु । ग्रेभी भन्दा रोष्ट गरेको मनपर्छ ।

डाईटिङ गर्नुहुन्छ ?
आजसम्म मैले डाईटिङ गरेको छैन ।

तपाईलाई के पकाउन आउछ ?
म नुडल्स बनाउँछु, चिया बनाउछु । अरु परिकार बनाउन आउँदैन ।
विदेश जाँदा खान नजानेर अप्ठ्यारो भएको छ ?
एक वर्ष अगाडि थाईल्याण्ड जाँदा चपस्टिकले नुडल्स खान जानिन् । नुडल्स खानलाई चम्चा नै मगाए । त्यसपछि भने सिकें । अहिले त चपस्टिकले नुडल्स खान सक्छु ।

कसले पकाएको मिठो लाग्छ ?
मलाई मेरो ममीले पकाएको मिठो लाग्छ ।

कसैले झुक्याएर तपाईले नखाने कुरा खुवाएका छन् ?
छ । म बफ मम खान्न । एकजना साथीले एकपटक मलाई झुक्याएर बफ मःमः खुवायो तर, मैले मुखमा राख्ने बित्तिकै थाह पाएँ र थुकी दिएँ ।

खानामा मासिक खर्च कती हुन्छ ?
१५ हजार हुन्छ होला ।

खाना खान कती समय लगाउनुहुन्छ ?
मलाई धेरैवेर लाग्छ । २० मिनेटजती लगाउछु ।

तपाईले नछुटाई खाने कुरा के-के हुन् ?
पानी, फलफुल र ग्रीन टि ।

खाना फाल्ने वानी छ कि छैन ?
खाना फाल्न हुन्न भन्ने मलाई थाह छ । तर, पनि कहिलेकाँही फाल्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment