Comments Add Comment

अत्यावश्यकीय ढुवानी गर्ने साना गाडीले तेल पाउने

१९ असोज, काठमाडौं । नेपाल आयल निगमले अत्यावश्यकीय सामान ढुवानी गर्ने पिकअप र डेलिभरी भ्यानलाई तेल उपलब्ध गराउने भएको छ ।

खाद्यन्न, औषधी, पानी लगायत विभिन्न महत्वपूर्ण वस्तु ओसारपसार गर्ने सबै साना गाडीलाई तेल दिने निर्णय भएको हो । ति गाडीले जोर-बिजोर प्रणाली अनुसार तेल पाउनेछन् ।

यसअघिको निर्णयले खाद्यन्न लगायत सामग्री ढुवानी गर्ने निजी गाडीहरु मर्कामा परेपछि निगमले मंगलबार यस्तो निर्णय गरेको हो । खाद्यन्न बोक्ने गाडीलाई तेल नदिएपछि आपूर्तिमा प्रभाव परेको थियो ।

निगमले मंगलबार विज्ञप्ति जारी गरी जोर-बिजोर प्रणाली अनुसार माइक्रोबसलाई १५ लिटर, मिनिबसलाई २० लिटर र ठूला बसलाई ३० लिटर तेल उपलब्ध गराउने जानकारी पनि दिएको छ ।

दमकल र एम्बुलेन्सलाई जोरबिजोर अनुरुप १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराउने निगमले जनाएको छ । यस्तै ट्याक्सीहरुलाई हप्ताको दुईदिन आइतवार र सोमबार जोर-बिजोर प्रणाली अनुसार तेल बाँडिनेछ । निगमले यसअघि नै निजी गाडीलाई तेल दिन बन्द गरेको थियो ।

यस्तो छ विज्ञप्ती

Oil Nigam

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment