Comments Add Comment

कृषिमा आधुनिकरण अभियान

१९ असोज, पर्वत । खेतीबाली लगाउनका लागि गोरु र हली पाउन मुस्किल हुँदै जाँदा पर्वतमा कृषिमा आधुनिकरण सुरु गरिएको छ ।

गोरु पाल्न महंँगो हुने र कृषिमा ज्यामीको समेत अभाव भएपछि व्यावसायिक खेती गर्ने कृषकले आधुनिक कृषि उपकरण प्रयोगमा ल्याउन थालेका हुन ।

पर्वतको ज्ञादी, शङ्करपोखरी, फलेवास, कुर्घा, पाङराङ्, बाच्छा, पाङ, धाइरिङलगायतका पकेट क्षेत्रमा आधुनिक उपकरणको प्रयोग बढ्दै गएको छ । पछिल्लो समयमा जमिन जोत्नका लागि ट्र्याक्टर र हाते ट्र्याक्टरलगायतका उपकरण प्रयोग गर्न थालिएको छ ।

‘गोरु पाल्न खर्चिलो र महँगा भएका छन ।’ देवीस्थानका कृषक देवीप्रसाद भुसालले भने -‘गोरु र ज्यामी खोज्नुभन्दा उपकरणले काम गर्दा धेरै सजिलो भएको छ ।’ तरकारी खेतीबाट वार्षिक रु पाँच लाख भन्दाबढी आम्दानी गर्दै आउनुभएका भुसालले मेसिनले जोत्ने, खन्ने र अरु काम गर्दा धेरै सहज भएको बताए ।

गाउँघरका युवा विदेश गएपछि खेतमा काम गर्ने ज्यामी नै पाउन मुस्किल भएको छ । मुस्किलले पाइए पनि ज्याला महङ्गो छ । यसैले कृषिमा आधुनिक उपकरणको प्रयोग बाध्यता हुँदै गएको शङ्करपोखरीका कृषक काशीराम पराजुलीले बताए ।

हलो जोत्न पुरुष नै चाहिने, अझ बाहुन जातिले हलो जोत्न हुँदैँन भन्ने पुरानो मानसिकता गाउँघरमा कायमै छ । यस्तो बेलामा हाते ट्र्याक्टर जुनै जाति, लिङ्ग र वर्णका मानिसले आफ्नो अनुकुलले चलाउन सक्ने भएकाले यसको उपयोगिता अझै बढ्ने कृषकहरु बताउँछन ।

हाते ट्र्याक्टरबाट एक घण्टामा एक लिटर इन्धनबाट एक रोपनी जमिन जोत्न सकिन्छ । यसले उत्पादन लागत र समय बचत समेत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment