Comments Add Comment

एनआरएन बिश्व सम्मेलनको उद्घाटन राष्ट्रपतिले गर्ने

NRN president with rambaranकाठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामबरण यादवले गर्ने भएका छन् । एनआरएनको विश्व सम्मेलन यही असोज २९ गते शुक्रबार काठमाडैमा शुरू हुँदैछ ।

एनआरएन अध्यक्ष शेष घलेले गरेको आमन्त्रण राष्ट्रपति डा. यादवले सहर्ष स्वीकार गरेका हुन् । भेटका अवसरमा अध्यक्ष घलेले देशमा आई परेका विभिन्न समस्याहरुका वावजुत पनि संघले विश्व सम्मेलन तोकिएकै मितिमा अयोजना गर्न लागेको जानकारी गराउँदै यसले विश्व समुदायमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश पुराउन थप मद्दत पुराउने वताए ।

उनले हरेक दुई बर्षमा आयोजना गरिने विश्व सम्मलनको यस बर्षको मूल बिषय पुनर्निर्माणमा केन्द्रित भएको र “गैरआवासीय नेपाली संघ: पुनर्निमाणको सच्चा साझेदार” नारा चयन गरिएको घलेले अवगत गराए ।

नेपालमा सविधान जारी भई सकेको अवस्थामा बिकास निर्माणका कार्यहरुमा गैरआवासीय नेपालीहरुले हातेमालो गर्ने र त्यसको सुरुवात भूकम्पबाट घरवहार बिहिन भएकाहरुका लागि एक हजार व्यक्तिगत घरहरु निर्माण गर्नेुका साथै समुदायका लागि विद्यालय तथा स्वास्थ्य चौकीहरु निर्माण गरी उद्यमशिताको बिकास गर्नेतर्फ पनि ध्यान दिइने जानकारी दिए ।

राष्ट्रपतिले विगत दुई दशकदेखि नै राष्ट्रले विविध समस्याहरुको सामना गर्दै आएको र महाभूकम्पले थप शिथिल पारेको अवस्थामा भर्खरै संविधान जारी भएको उल्लेख गरे ।

नेपालमा जलस्रोत, पर्यटन, कृषि, खनिज जस्ता सम्भावनाहरु भएता पनि यसको खासै राष्ट्रले उपयोग गर्न नसकेको र विदेशीने यूवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको प्रति आफू निकै चिन्तित रहेको वताउँदै यस बिषयप्रति नेपाल सरकारको वारम्वार ध्यानाकर्षण गराइरहेको जानकारी दिए ।

विश्वको परिवेश देखे वुझेका र मात्रिभूमिलाई माया गर्ने सम्पूर्ण गैरआवासीय नेपालीहरुप्रति नेपाल र आफूले निकै आशा राखेको र गैरआवासीय नेपाली संघले महाभूकम्पको समयमा खेलेको भूमिका र देखाएको अग्रसरताले सारा नेपालीहरुको गैरआवासीय नेपाली र त्यसलाई एकिकृत गर्ने गैरआवासीय नेपाली संघप्रति थप आशा र भरोसा बढेको वताए ।

विश्व सम्मेलनमा आमन्त्रण गर्न अध्यक्ष शेष घलेको नेतृत्वमा महासचिव कुमार पन्त, सचिव रञ्जु वाग्ले थापा लगायत टोली राष्ट्रपति निवास पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment