Comments Add Comment

निगमले तेल नदिँदा १५ लाख बढी निजी सवारी प्रभावित

१९ असोज, काठमाडौं । नेपाल आयल निगमले निजी सवारी साधनलाई तेल उपलब्ध नगराउने भएको छ । निगमले मंगलबार विज्ञप्ती प्रकाशित गरेर निजी सवारीलाई तेल नदिने स्पष्ट पारेको हो ।

2-biker-riders-washing-their-bike-at-river-of-balkot--bhaktapurनिगमले तेल नदिने भएपछि लाखौं निजी सवारी प्रयोगकर्ता प्रभावित हुने भएका छन् । राजधानी लगायत देशभर मोटरसाइकल तथा कार चढ्नेहरुको संख्या उच्च रहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिलेसम्म देशभर एक लाख ६३ हजार ६६७ कार, जीप तथा भ्यानहरु दर्ता भएका छन भने १५ लाख ६७ हजार ५ सय ८९ मोटरसाइकल दर्ता भएका छन् ।

राजधानीमा सार्वजनिक यातायात भन्दा निजी सवारी प्रयोगकर्ताहरु बढी रहेका छन् । निगमको यस्तो निर्णयले ठूलो संख्यामा रहेका निजी सवारी प्रयोगकर्ता प्रभावित हुने भएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार बागमति अञ्चलमा ६ लाख ५७ हजार ७ सय ९५ वटा मोटरसाइकल दर्ता भएका छन् । यसमध्ये सार्वजनिक प्रयोगमा ल्याइएका, बिगि्रएका तथा राजधानी बाहिर सञ्चालन गरेकालाई छाडेमा करिव ४ लाख मोटरसाइकल राजधानीमा कुद्छन् ।

यस्तै बागमतिमा कार, जीप तथा भ्यान गरी १ लाख ३ हजार ७ सय ९२ सवारी दर्ता भएका छन् । यसको दुई तिहाई कार, जीप तथा भ्यान राजधानीमा कुद्छन् ।

निगमले तेलको अभाव देखाउँदै निजी सवारी साधनलाई तेल वितरण नगर्ने जनाएको छ । याता निजी सवारी प्रयोगकर्ता भने कहिले निगमले तेल उपलब्ध गराउला भनेर कुरेर बसेका छन् ।

यस्तो छ निगमको निर्णय

Oil Nigam

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment