Comments Add Comment

सुरशाला आइडल जुनियर २०१५ आयोजना हुने

Surshala-Idol

काठमाडौं । बालबालिकाहरुमा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सुरशाला म्युजिक एकेडेमीले ‘सुरशाला आइडल जुनियर’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सुरशाला आइडल जुनियर बाल गायन प्रतिस्पर्धा नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको हो । ७ बर्षदेखि १५ बर्ष उमेरका गायनमा रुचि राख्ने जो कोहिले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।

असोज २ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अडिशन सुरु हुने छ । पुसमा फाइनल प्रतिस्पर्धा हुने छ । तत्कालका लागि काठमाडौं उपत्यकालाई आधार बनाएर  अडिसन सुरु गरिने भए पनि देशैभर नै अडिसन गर्ने योजना रहेको युवा गायक तथा सुरशालाका प्रवन्ध निर्देशक अमृत क्षेत्रीले जानकारी दिए । पुसमा प्रतिस्पर्धा सुरु भएपछि राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उनले जानकारी दिए ।

‘यसअघि सुरशाला युटुब आइडल कार्यक्रम गर्ने योजना बनाइ पनि वैशाख १२ को भूकम्पका कारण स्थगित भएपछि सुरशाला आईडल जुनियर प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ क्षेत्रीले भने ।

सुरशाला आईडल जुनियर प्रतियोगिताको बिजेतालाई सुरशाला म्युजिक एकेडेमीको तर्फबाट नगद पुरस्कार, ट्रफी, छात्रवृत्ति, गीत र भिडियो रेकर्डिङ गरी ३ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने छ । त्यसैगरी दोस्रो हुनेलाई २ लाख २५ हजार र तेस्रो पुरस्कार १ लाख ६० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने छ ।

साथै टप टेन भित्र पर्नेहरुलाई पनि ५० हजार रुपैयाँ बराबरको गायन छात्रवृत्ति एक वर्षसम्मको लागि प्रदान गरिने सुरशालाका प्रवन्ध निर्देशक क्षेत्रीले बताए । यस बालगायन प्रतिस्पर्धाको निर्णायक राष्ट्रियस्तरका कलाकारहरु हुनेछन् ।

सुरशाला जुनियर आइडलको र्फम विभिन्न स्कुलहरुमा वितरण गरिएको छ । साथै स्टेशनरी र सुरशालाको कार्यालय झम्सीखेल ललितपुरमा पनि उपलब्ध हुनेछ ।

बिशेषगरी बालबालिकाहरु र युवाहरुलाई गायन तथा संगीतका विभिन्न विधाहरुमा शिक्षा प्रदान गर्न सन् २००४ मा सुरशाला म्यूजिक एकेडेमी स्थापना भएको थियो । १७ देशका संगीतप्रेमी विद्यार्थीहरुले यसबाट संगीतको शिक्षा लिइसकेका छन् । गत वैशाख १२ को महाभूकम्पकाबेला बिभिन्न जिल्लाहरुमा सुरशालाले गीत-संगीतको माध्यमबाट म्यूजिक थेरापी प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment