Comments Add Comment

बैंकिङ क्षेत्रले २ वर्षमा कसरी थप्दैछ २ खर्ब २९ अर्ब चुक्ता पुँजी ?

पुष्प दुलाल

२० असोज, काठमाडौं । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार संख्या नघटाई पुँजी बढाउने हो भने आगामी दुई वर्षभित्र बैकिङ क्षेत्रले २ खर्ब २८ अर्ब ७० करोड रुपैयाँ पुँजी थप्नुपर्ने छ । जुन, हाल कायम रहेको बैंकिङ क्षेत्रको कूल चुक्ता पुँजीभन्दा दोब्बर बढी हो । यसमा लघुवित्त कम्पनीहरु समावेस गरिएको छैन ।

bank capitalगत साउन ७ गते सार्वजानिक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४ देखि २५ गुणासम्मले चुक्ता पुँजी घोषणा गरेपछि सानो पुँजीमा संस्था सञ्चालन गरिरहेका बैकिङ क्षेत्रका लगानीकर्ताहरुको टाउको दुखायो ।

अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निर्देशन अनुसार तीन साता अघि अर्थात भदौ मसान्तसम्ममा पुँजी वृद्धिको योजना बुझाइसकेका छन् ।

यो पनि पढ्नुहोस्- बैंकको पुँजी वृद्धि : बेफाइदा कम, फाइदा धेरै

अधिकांस संस्थाहरुले पुँजी बढाउने मुख्य योजना मर्जर रहेको योजना पेस गरेका छन् । साथै, बोनस र हकप्रद सेयर जारी गरेर पुँजी बढाउने बैंकहरुको मर्जरपछिको उपाय हो । यद्यपि १ सय ५९ संस्थामध्ये ३ दर्जन बढी संस्थाहरु आफ्नै स्रोत (बोनस वा हकप्रद सेयर) जारी गरेर पुँजी बढाउन सक्ने हैसियतमा देखिन्छन् ।

यो पनि पढ्नुहोस्- पुँजी बढाउन ‘हैसियतले भ्याएसम्म’ बोनस सेयर घोषणा गर्दै बैंकहरु

 संख्या नघटाई राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन वाणिज्य बैंकहरुले १ खर्ब ४३ अर्ब १० करोड, विकास बैंकहरुले ६५ अर्ब ५० करोड, फाइनान्स कम्पनीले २० अर्ब १० करोड गरी बैंकिङ क्षेत्रले कूल २ खर्ब २८ अर्ब ७० करोड रुपैयाँ पुँजी थप्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

हाल वाणिज्य बैंकहरुको ९६ अर्ब ९० करोड, विकास बैंकहरुको २६ अर्ब ९० करोड र फाइनान्स कम्पनीहरुको १५ अर्ब ९० करोड रुपैयाँ गरी बैंकिङ क्षेत्रको कूल चुक्ता पुँजी १ खर्ब ३९ अर्ब ७० करोड रुपैयाँ छ ।

यो पनि पढ्नुहोस्- कुन बैंकको चुक्ता पुँजी कति ? आठ अर्ब पुर्‍याउन कति थप्नु पर्ने ? 

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार संख्या नघटाई पुँजी बढाउने हो भने ३० वाणिज्य बैंकले २ खर्ब ४० अर्ब, ७९ विकास बैंकले ९२ अर्ब ४० करोड र ५० फाइनान्स कम्पनीहरुले ३६ अर्ब रुपैयाँ गरी कूल १ सय ५९ संस्थाहरुले ३ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ पुर्‍याउनुपर्ने हुन्छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड, राष्ट्रियस्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ८० करोड र १ देखि ३ जिल्ला कार्यकक्षेत्र भएका वित्त कम्पनीहरुको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्‍याउनु पर्ने घोषणा गरेको थियो ।

यो पनि पढ्नुहोस- कुन बिकास बैंकको चुक्ता पुँजी कति ? कति थप्नु पर्ने ? 

यसअघि नीतिअघि वाणिज्य बैंकहरुको २ अर्ब, राष्ट्रियस्तरका विकास बैंकहरुको ६४ करोड, फाइनान्स कम्पनीको २० करोड र एक जिल्ले विकास बैंकको न्यूनतम चुक्ता पुँजी १ करोड रुपैयाँ हुनुपर्ने नीतिगत व्यवस्था थियो । २०६३ सालमा राष्ट्र बैंकले ०७० अघि नै बैंकहरुको न्यूनतम चुक्ता पुँजी वृद्धि न्यूनतम चुक्ता पुँजी बढाएर २ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गरेको थियो ।

सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये एक दर्जन बैंक मात्रै आफ्नै स्रोतबाट अर्थात बोनस सेयर र हकप्रद सेयर दिएर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउन सक्षम देखिन्छन् । दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य र कृषि विका बैंकको मात्रै चुक्ता पुँजी अहिले नै ८ अर्ब रुपैयाँभन्दा बढी छ । अर्को सरकारी नेपाल बैंकको भने हाल ६ अर्ब ४६ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ ।

निजी क्षेत्रद्धारा प्रवर्द्धित ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट, नविल, हिमालयन, एसबिआइ र प्रभू बैंकको छ । यी बैंकहरु मर्जरमा नगई आˆनै स्रोतबाच चुक्ता पुँजी बढाउन सक्ने हैसियतमा छन् । चुक्ता पुँजी थोरै भएपनि रिजर्भ बलियो भएका एभरेष्टलगायतका बैंकले बोनस र हकप्रद सेयरमार्फत नै पुँजी बढाउनसक्ने हैसियत राख्छन् । अन्य बैंकहरु मर्जर वा एक्वायरमा गएरमात्रै पुँजी पुर्‍याउन सक्छन् । पुँजी र कम रिजर्भ भएका बैंकहरुको भने मर्जर र एक्वायरमा जानुपर्ने भएकाले त्यस्ता संस्थाको नाम निसाना हराउने निश्चित छ ।

यो पनि पढ्नुहोस्-  बैंकको चुक्ता पुँजी बढाउन ‘फाष्ट ट्रयाक’ विधि अपनाइने

पुँजी बढाउनुपर्ने व्यवस्थाले वाणिज्य बैंकहरुलाई भन्दा विकास बैंक र फाइनान्स कम्पनीहरुलाई समस्यामा पारेको छ । सानो पुँजीमा संस्था सञ्चालन गर्दै आएका ८० प्रतिशत विकास बैंक र फाइनान्स कम्पनीका लगानीकर्ताहरु मर्जर वा एक्वायरमा नगई तोकिएको चुक्ता पुँजी पुर्‍याउन सक्ने स्थितिमा छैनन् ।

हेर्नुहोस कुन वाणिज्य बैंकको चुक्ता पुँजी बढाउने कस्तो योजना  ?

Nabil-Bank-नविल

यो बैंकले २ अर्ब रुपैयाँको नयाँ सेयर निष्काशन गर्ने र ३ वर्षको नाफाबाट २ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी ०७४ असार मसान्तसम्ममा ८ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा पेस गरेको छ ।

Investment-BAnkनेपाल इन्भेष्टमेन्ट

यो बैंकले लगातार ३ वर्ष बोनस सेयर दिने र ८० करोड रुपैयाँको फर्दर इस्यूमार्फत ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले २०७१/०७२ को नाफाबाट ८६ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने, ०७२/०७३ को नाफाबाट १ अर्ब ६० करोडको बोनस सेयर दिने, ०७३/०७४ को नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने योजना बनाएको छ ।

everest-bankएभरेष्ट

यो बैंकले बोनस सेयर वितरण नगरी चुक्ता पुँजी बढाउने योजना राष्ट्र बैंकमा बुझाएको छ । बैंकले मर्जबाट २ अर्ब, सेयर निष्काशनबाट ५४ करोड चुक्ता पुँजी ४ अर्ब ४६ करोड ७० लाख रुपैयाँ पुर्‍याउने जनाएको छ । र, उसले बाँकी ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रिर्जभमा रहेको स्वतन्त्र पुँजीलाई पुँजीकरण गर्ने जनाएको छ ।

himalayan-bank_11111111111हिमालयन बैंक

यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना राष्ट्र बैंकमा बुझाएको छ । बैंकले लगातार ३ वर्षमा ३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरी ८ अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।

Machhapuchchhre Bank LTD (3)माछापुच्छ्रे बैंक

यो बैंकले १ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने र ३ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुँजी मर्जर वा हकप्रदबाट जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यो बैंकले गत शुक्रबार मात्रै समकक्षी जनता बैंकसँग मर्जरको सम्झौता गरेको छ । जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड र १६ करोड रिर्जभ छ ।

Siddrtha bankसिद्धार्थ बैंक

यो बैंकले  तीन वर्षको नाफाबाट बोनस सेयर र मर्जरबाट चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । २ अर्ब १२ करोडको बोनस सेयर गर्ने र १ अर्ब १९ करोड रुपैयाँ बराबरको पुँजी मर्जरबाट जुटाउने बैंकको योजना छ ।

Citizen-Bank-Internationalसिटिजन्स बैंक

यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकलाई बुझाएको छ । बैंकको तीन वर्षमा १ अर्ब २३ करोड रुपैयाँको बोनस सेयर र ३ अर्ब ६२ करोड ४० लाख बराबरको हकप्रद सेयर जारी गर्ने योजना छ ।

prime bank

प्राइम बैंक

यो बैंकले बोनस सेयर र मर्जरबाट चुक्ता पुँजी ८ अर्ब पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । २ अर्ब ७३ करोड ३२ लाख रुपैयाँको बोनस सेयर दिने र १ अर्ब २० करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने बैंकको योजना छ ।

Global-IME-Bank-ग्लोबल आईएमई

यो बैंकले भने बोनस सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । ३ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने बैंकको योजना छ । बोनस सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

Pravhu bank specialप्रभु बैंक

यो बैंकले मर्जर, हकप्रद सेयर र बोनस सेयरमार्फत चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । मर्जरबाट २ अर्ब रुपैयाँ, १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने र ६७ करोड ९० लाख रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने योजना बनाएको छ । यो बैंकले ग्राण्ड बैंक एक्वायर गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

nic-asia-bankएनआइसी एशिया

यो बैंकले ३ वर्षको नाफाबाट ३ अर्ब ६ करोड ७ लाख रुपैयाँ बोनस सेयर दिने र २ अर्ब २९ करोड २० लाख बराबरको हकप्रद सेयर जारी गरी ८ अर्ब १ करोड ७० लाख चुक्ता पुँजी पुर्याउने योजना राष्ट्र बैंकलाई बुझाएको छ ।

Nb bank2एनबी बैंक

यो बैंकले एक वाणिज्य बैंकसँग मर्ज गरी २ अर्ब ५० करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । यो बैंकको एनसीसी बैंकसँग मर्जरको कुराकानी भइरहेको छ । र, लगातार ३ वर्ष ३ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको बोनस सेयर दिई चुक्ता पुँजी ८ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुँजी पुर्‍याउने बैंकको योजना छ ।

Sanima BAnk (3)सानिमा बैंक
यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले ३ अर्ब ६० करोड रुपैयाँ बराबरका हकप्रद सेयर र तीन वर्षमा १ अर्ब ९० करोड रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।

Citizens-and--Bokबैंक अफ काठमाडौं

यो बैंकले ५ अर्ब ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने र ३ आर्थिक वर्षको नाफाबाट १ अर्ब ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ ।

NCC Bank (7)एनसीसी बैंक

यो बैंकले ३ अर्ब ७७ करोड ७१ लाख रुपैयाँको हकप्रद सेयर र २ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । यो बैंक १५ महिनादेखि राष्ट्र बैंकको नियन्त्रणमा छ । एनसीसी बैंक सुधारका लागि राष्ट्र बैंकले पठाएको तीन सदस्यीय टोली सम्मिलित मर्जर कमिटि पनि गठन गरिसकेको छ । एनबी बैंकसँग मर्जरको कुरा भइरहेको भए पनि यो बैंकले पुँजी बढाउन मर्जरमा जाने उल्लेख गरेको छैन ।

Lumbini-Bank-लुम्बीनी बैंक

यो बैंकले कुनै एक वाणिज्य बैंकसँग गाभिएर २ अर्ब ३० करोड रुपैयाँ पुँजी जुटाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । तीन वर्षको नाफाबाट २ अर्ब ५ करोड ८० लाख र हकप्रदबाट ६४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी थप्ने बैंकको योजना छ ।

Kumari bankकुमारी बैंक

यो बैंकले मर्जरबाट २ अर्ब ७५ करोड रुपैयाँ पुँजी जुटाउने र तीन वर्षको बोनस सेयरबाट १ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ र हकप्रद सेयरबाट १ अर्ब २३ करोड ७० पुँजी जुटाउने योजना राष्ट्र बैंकमा बुझाएको छ ।

laxmi-bank-ltd.

लक्ष्मी बैंक

यो बैंकले बोनस सेयर र हकप्रद सेयर जारी गरी ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । ३ अर्ब ७१ करोड ६ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने र ७० करोड रुपैयाँको बोनस सेयर जारी गरी ८ अर्ब पुँजी पर्याउने योजना बनाएको छ ।

Sunrise-bankसनराईज बैंक

यो बैंकले बोनस सेयर, हकप्रद सेयर र मर्जरबाट चुक्ता पुँजी ८ अबए पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । २ अर्ब ६५ करोडको बोनस सेयर, ३८ करोड ५७ लाखको हकप्रद सेयर जारी गर्ने र २ अर्ब ६२ करोड रुपैयाँ पुँजी मर्जरबाट जुटाउने बैंकको योजना छ ।

mega bankमेगा बैंक

यो बैंकले नयाँ सेयर, बोनस सेयर र हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको नयाँ सेयर निष्काशन गर्ने, १ अर्ब २६ करोड रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने र १ अर्ब १ ४३ करोड ५० लाखको हकप्रद सेयर जारी योजना बनाएको छ ।

Civil-Bank-LTD-सिभिल बैंक

यो बैंकले मर्जर र बोनस सेयरमार्फत चुक्ता पुँजी ८ अर्ब पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले मर्जरबाट ४ अर्ब १० करोड रुपैयाँ पुँजी जुटाउने र १ अर्ब १० करोड रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।


century-commercial-bank-nepal-head-officeसेन्चुरी बैंक

यो बैंकले मर्जर, बोनस सेयर र हकप्रद सेयरमार्फत चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ पुँजी मर्जरबाट जुटाउने, १ अर्ब ५० करोड रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने र १ अर्ब ३८ करोड रुपैयाँ बराबरका हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ ।

सरकारी बैंकलार्इ समस्या छैन

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै न्यूनतम चुक्ता पुँजी ८ अर्ब बढी भएको जानकारी गराएको छ । यो बैंकको पुँजी अहिले ८ अर्ब ५६ करोड रूपैयाँ छ । सरकारी स्वामित्वकै कृषि विकास बैंक कृषि विकास बैंकले पनि हाल ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ पुँजी चुक्ता भइसकेको र ६ अर्ब ४३ करोड ६८ लाख प्रिफरेन्स सेयर रहेको जनाउँदै पुँजी ८ अर्ब पुगेको जानकारी राष्ट्र बैंकलाई दिएको छ ।

सरकारी स्वामित्वकै नेपाल बैंकले हकप्रद सेयर जारी गरी ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने योजना राष्ट्र बैंकमा बुझाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ५० करोडको हकप्रद सेयर जारी गरी चुक्ता पुँजी ७ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ पुर्‍याउने योजना बनाएको छ । त्यस्तै, ३ करोड ४४ लाख रुपैयाँ कानुनअनुसार मिलाउने जनाएको छ । यो नेपालको सबैभन्दा पुरानो बैंक हो ।

निजी संयुक्त लगानीका बैंकले थप समय मागे

विदेशी लगानीको स्टान्डर्ड चार्टर्डले बैंकले पुँजी वृद्धिको योजना पेश गर्ने समय ३ महिना थप गर्न माग गरेको छ भने भारतीय बैंकको संयुक्त लगानीको नेपालएसबिअाइ बैंकले  पुँजी वृद्धिको योजना पेश गर्न ६ महिनाको थप समय माग गरेको छ ।

प्रभुसँग एक्वायरको प्रक्रियामा रहेकाले ग्रान्ड बैंकले योजना पेस गरेको छैन ।

बिकास बैंक र फाइनान्सको यस्तो छ योजना 

७९ विकास बैंक र ५० फाइनान्स कम्पनीमध्ये ७६ विकास बैंक र ४७ फाइनन्स कम्पनीहरुले  राष्ट्र बैंक पुँजी बढाउने  योजना बुझाएका छन् । राष्ट्र बैंकलाई बुझाएको पुँजी बृद्धि योजनामा उनीहरूले  मर्जरलाई विषेश प्राथमिकतामा राखेका छन् । ४४ विकास बैंक र १८ फाइनान्स कम्पनीले पुँजी बढाउनका लागि बोनस सेयर वितरणलार्इ मुख्य अाधार र त्यसपछि मात्रै मर्जर र हकप्रद सेयरलार्इ प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment