Comments Add Comment

दिल्लीले नेपाललाई रेस्पोन्स गरेन

Susil-Koirala-And-Modi

१९ काठमाडौं । तीन दिनअघि बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नाकाबन्दीबारे सीधै कुरा गर्ने निर्णय गरेको थियो ।

बैठकले मोदीसँग हटलाइन कुरा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको थियो । तर, २४ घण्टा बित्दा पनि प्रधानमन्त्री कोइरालाले मोदीसँग सम्वाद गर्न सकेका छैनन् ।

‘हामीले कुराकानी गर्ने प्रयास गरिरहेका छौं, तर भारत सरकारले खासै रेस्पोन्स गरिरहेको छैन’ दिल्लीस्थित नेपाली दूतावास स्रोतले अनलाइनखबरसँग भन्यो- उनीहरु राम्रो हुँदैछ भन्छन्, तर राम्रो भएको भए त व्यवहारमा देखिनुपर्ने हो, नाकाहरु सहजरुपमा खुल्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन ।’

भारत झनै अनुदार देखियो

नेपालका कूटनीतिक अधिकारीहरुले जति नै प्रयास गर्दा पनि भारतले नाकाबन्दी खोल्नेबारे तदरुकता देखाएको छैन ।

दिल्लीमा रहेको नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय पक्षसँग कुरा गर्ने प्रयास गरिरहका छन् । तर, सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्वाद हुन सकेको छैन ।

कोइराला र मोदीबीच नै कुरा गर्ने तीन दलीय निर्णयबारे अनलाइनखबरले सोध्दा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दीनेश भट्टराईले अनविज्ञता प्रकट गरे । साथै समस्या समाधानका लागि पहल भइरहेको भन्दै उनले भने-‘देखिने गरी नजिता नआउँदासम्म नगरेको जस्तै देखिन्छ । अहिले त्यस्तै अवस्था छ ।’

अब के गर्ने भन्नेबारे छलफल भइरहेको र इन्धनको अभावका कारण जनताले पाएको दुःखप्रति प्रधानमन्त्री कोइराला चिन्तित रहेको उनले बताए ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आपूर्ति सहज बनाउने प्रयास भइरहेको बताए । भारतीय अधिकारीहरुले राम्रो हुँदैछ भने पनि व्यवहारमा नदेखिएको उनको गुनासो छ । अनलाइनखबरसँग फोनमा कुराकानी गर्दै राजदूत उपाध्यायले दसैंतिहारमा इन्धन र औषधी आपूर्ति गराउने प्रयास भइरहेका बताए ।

नेपालमा नयाँ संविधान जारी भएदेखि मधेसमा चर्किएको आन्दोलनलाई समर्थन गर्दै भारतले अघोषित नाकाबन्दी लगाएको छ । बोलीमा नाका सहज पारिने बताए पनि व्यवहारतःअहिलेसम्म भारतले नाका खोल्नुको साटो झनै कडा पारेको छ ।

भारतको बिहारमा चुनाव लागेका कारण प्रधानमन्त्री मोदी विहारका विभिन्न चुनाबी सभातिर व्यवस्था भएका छन् । जसले गर्दा उनले नेपालीहरुको पीरमर्काप्रति चासो दिन छाडेको नेपाली अधिकारीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment