Comments Add Comment

मंगलबारका टप १० समाचारः एमालेको खातामा ३०२ सांसददेखि सुशीलको माैनतासम्म

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. ओलीलाई प्रधानमन्त्री बनाउन एमालेको खातामा ३०२ सांसद ! 

केपी ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेसले धोका दियो भने के गर्ने ? एमालेका शीर्ष नेताहरुबीचको छलफलमा यो प्रसंग निस्कियो । ‘कांग्रेस भरोसायोग्य पार्टी होइन, इतिहासमा धेरैपटक हामीलाई धोका दिएको छ’ वामदेव गौतमले तीतो पोखे ।

२. दिल्लीले नेपाललाई रेस्पोन्स गरेन

ठूला तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हटलाइन कुरा गर्न प्रधानमन्त्री सुशील कोइरालालाई जिम्मा दिएको थियो । तर, २४ घण्टा बित्दा पनि प्रधानमन्त्री कोइरालाले मोदीसँग सम्वाद गर्न सकेका छैनन् ।

३. लैनचौरमा स्वीच थिच्दा मात्रै बल्ने सिंहदरबार !

सुशील कोइरालाले फेरि आफैं प्रधानमन्त्री बन्न लबिङ गरेको खबर सत्य हो कि अफवाह, थाहा छैन । तर, यो थाहा छ प्रधानमन्त्रीका रुपमा उनी आफैंमा एक अफवाह हुन् ।

४. ‘दाउरा-युग’ मा फर्कियो काठमाडौं !

Cooking on wood fire (2)

भारतीय नाकाबन्दीका कारण ग्यास सिलिण्डर रित्तिएपछि राजधानीका होटल एवं रेष्टुरेन्टहरुमा दाउरा बाल्न थालिएको छ । दाउराको प्रयोग गर्दा भन्छा कालो हुने, भाँडा माझ्न कठिन हुने र ग्यासभन्दा पनि महंगो पर्ने व्यवसायीहरु बताउँछन् ।

५. केपी ओलीबारे किन बोल्दैनन् सुशील ?

शक्ति बाँडफाँडबारे केपी ओलीलाई प्रधानमन्त्री बनाउने गरी भएको भनिएको ‘भद्र सहमति’बारे प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले अझै मुख खोलेका छैनन् ।प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गर्दा समेत कोइरालाले न हो भन्न सके, न त होइन नै भने ।

६. मधेसी मोर्चाले भन्यो-सीमांकन आयोगलाई जिम्मा लाउने कुरै नल्याउनुस्

प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीचको पहिलो औपचारिक वार्ता राजनीतिक विषयमा प्रवेश नगरी टुंगिएको छ । सिंहदरवारस्थित राज्यव्यवस्था समितिको हलमा करीव तीन घण्टा चलेको वार्तामा दुवै पक्षले राजनीतिक एजेण्डा आदान प्रदान नगरेको स्रोतले जनाएको छ ।

७. बाबुरामको प्रश्न- म स्वतन्त्र नागरिक हुँ, प्रतिवन्ध किन ? 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले गरेको नाकाबन्दी र एमाओवादी परित्याग गर्ने आफ्नो निर्णयमा कुनै साइनो नरहेको बताएका छन् । भारतले अन्तराष्ट्रिय पारवहन सन्धीको उल्लंघन गरेको भन्दै उनले आफूलाई शंकाको दृष्टिले हेरिएको गुनासो गरे ।

८. मधेसी नेताको दोहोरो चरित्र : पत्नी र पैसावाललाई सभासद, मधेसी जनतालाई खालीहात

पहाडे समुदायको विरोधमा मधेसमा विष वमन गर्दै हिँडिरहेका मधेसवादी नेताहरुले राजनीतिक अधिकार पाए भने के गर्लान् ? मधेसका जनतालाई उनीहरुले के देलान् ? कुरो प्रष्टै छ, उनीहरुको रोजाइमा मधेसमा सहीद बनेका जनताका छोराछोरीहरु पर्दैनन्, बरु मधेसी जनताबाट पाएको भोट नेताहरुले पैसावाललाई बेच्छन् र सभासद बनाउँछन् ।

. काठमाडौंका भारतीय भन्छन् -‘मोदीजीले गाँस खोसिदिनुभो’ 

भारत सुगौली घर भएका मोहन साह काठमाडौंमा ३४ वर्षदेखि  साइकलमा फलफूल बेच्ने काम गरिरहेका छन् । यही पेशाले उनले आफ्नो घर परिवारको गुजारा चलाएका छन् ।

१०. क्रिकेट प्रशिक्षक पुबुदुले राजीनामा दिए

नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दशानायकले राजीनामा दिएका छन् ।पुबुदुले कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् ।

र, यो पनि

यस्ता छन् विश्व दाह्री जुँगा प्रतियोगिताका प्रतिस्पर्धीहरु 

अस्ट्रियाको लियोग्यांगमा शनिवार विश्व दाह्री जुँगा च्याम्पियनशिप सम्पन्न भयो । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट झण्डै ३ सय जना प्रतिस्पर्धीहरु आफ्ना एक से एक दाह्री जुँगामा ताउ लगाउँदै भिडे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment