Comments Add Comment

विराटनगरको रानी भन्सारबाट भित्रियो २९ ट्यांकर इन्धन

Nepal-Oil

 

२० असोज, विराटनगर । विराटनगरको रानी भन्सार बाट पेट्रोल, डिजेल र ग्यासका बुलेट नेपाल भित्रिएका छन् ।

मंगलबार राति १४ वटा पेट्रोल बोकेका गाडी, ११ वटा डिजेल बोकेका गाडी र चार वटा ग्यास बोकेका बुलेट भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

उक्त भन्सार हुँदै फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका दुईसय भन्दा बढी मालबाहक सवारी भित्रिएको कार्यालयले जनाएको छ ।

रानी भन्सार क्षेत्र परिसरमा सुरक्षाकर्मी परिचालन गरी भारतीय क्षेत्रबाट आएका सामान भित्र्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment