Comments Add Comment

कांग्रेसले प्रधानमन्त्रीको उम्मेद्वारीका विषयमा छलफल गर्ने

२० असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकार गठनका विषयमा छलफल गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

Congress-Flagप्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनका लागि माग प्रशस्त गरेपछि राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आग्रह गरेका छन् । सोही आग्रह अनुसार नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ ।

संविधान जारी गर्नुअघि प्रमुख दलका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिअनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने वा नेपाली कांग्रेसले नै नयाँ सरकारको पनि नेतृत्व गर्ने भन्ने विषयमा आज छलफल हुने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसको पदाधिकारी बैठकले आफ्नो पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई पनि आजको केन्द्रीय समितिको बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment