Comments Add Comment

तीन वर्षमा तीनजनासँग सम्बन्ध टुट्यो एमीको

amy-jackson

मुम्बई । प्रभुदेवा निर्देशित फिल्म ‘सिंह इज ब्लिंग’ मा अक्षय कुमारको अपोजिटमा छिन् बेलायती मोडल एवं अभिनेत्री एमी ज्याक्सन । एमी आफ्नो फिल्मवाट भन्दा पनि प्रेम-जीवनवाट चर्चित हुने गरेकी छिन् । तीन वर्षमा उनको ३ तीनजनासंग ब्रेकअप भएको थियो ।

उनको जन्म ३१ जनावरी १९९१ मा भएको थियो । उनले सेन्ट एडवड्र्स कलेजवाट आफ्नो पढाई पूरा गरेकी थिइन् । पढाइमा अब्बल यी नायिकाले सन २००८ मा मिस टिन वल्र्ड र सन २००९ मा मिस लिभरपूलको उपाधि जितेकी हुन् ।

सन २००९ मा उनी १७ वर्षकी हुँदा एक भारतीय निर्देशकले उनको अडिसन लिएका थिए । उनी छनौट भइन् र पहिलो पटक मद्रास फिल्म ‘मद्रासापत्तिनम’ मा अभिनय गरिन् । पहिलो फिल्मवाटै बेष्ट डेब्युको अवार्ड पाएकी एमीले सन २०१२ मा गौतम मेननको फिल्ममा अभिनय गर्ने अवसर पाइन् । ‘एक दिवाना था’ उनको पहिलो बलिउड फिल्म थियो ।

amy-jackson 1

यही फिल्मवाट उनले करिअरसंगै प्रेमजीवन पनि सुरु गरिन् । सन २०१२ मा एमीले हिन्दी फिल्म ‘एक दिवाना था’ को सहायक कलाकार प्रतीक बब्बरसँग डेटिङ सुरु गरिन् । त्यसपछि उनीहरु केही समय बान्द्राको अपार्टमेन्टमा संगै बसे पनि । तर, उनीहरुको सम्बन्ध टुट्यो ।

सन २०१३ मा एमीले बक्सर जोई सेल्र्कीकसँग डेटिङ सुरु गरिन् । यो सम्बन्ध पनि केही महिनामै टुट्यो । सन २०१४ मा रयान थोमससँग जोडेको सम्बन्ध पनि केही महिना नहुँदै टुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment