Comments Add Comment

मुस्ताङ सुरक्षित रहेको सन्देश दिंदै मिस नेपाल इभाना

ivana miss nepalकाठमाडौं । मिस नेपाल नेपाल इभाना मानन्धर मुस्ताङ पुगेर फर्केकी छिन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदभावना दुत समेत रहेकीमा इभानाले पहिलो पटक मुस्ताङको विभिन्न स्थानको अवलोकन गरेकी थिईन् ।

मिस नेपाल मानन्धरसहित चार जनाको टोलीले टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर र छोन्हुप लगायतका क्षेत्रमा अवलोकन गरेको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनको भनाई अनुसार मुस्ताङमा पहिलो पटक पुग्दा इभानाले निकै खुशि लागेको प्रतिक्रिया दिइन् । ‘प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा घुम्न पाउँदा स्वर्ग नै यहि हो कि जस्तो लाग्यो ।’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन् ।

Miss nepal

अन्य जिल्लाको तुलनामा मुस्ताङमा आउँदा फरक अनुभूति भएको इभानाको भनाई थियो । मुस्ताङको सँस्कृति र स्थानियको नरमपन र पाहुनालाई स्वागत गर्ने परम्पराबाट आफु प्रभावित भएको उनले बताइन् ।

अग्र्यानिक उत्पादनको जिल्ला भनेर चिनिने मुस्ताङ विश्वका पर्यटकहरुको महत्वपूर्ण गन्तव्य रहेकोले मुस्ताङ भ्रमणको लागि आउन सबैलाई अपिल गरेकी छिन् ।

गत बैशाख १२ मा गएको शक्तिशाली भुकम्पका कारण देशमा पर्यटकको संख्यामा कमि आएको अवस्थामा पनि मुस्ताङमा भुकम्पले कुनै असर नपारेकाले सुरक्षित रहेको सन्देश अन्तराष्ट्रिय क्षेत्रमा फैलाउनुपर्ने बताइन् ।
आगामी डिसेम्बर १९ मा चीनमा हुने मिस वोल्ड प्रतियोगितामा भाग लिन उनी नेपालबाट २२ नोभेम्बरमा चीन जाने भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment