Comments Add Comment

मुस्लिम महिलाले गणेश मन्दिरमा जन्माइन् बच्चा

muslim-woman-ganesh

कहिलेकाहीँ घटनाहरु पनि अनौठा घट्ने गर्छन् । भारतको मुम्बइमा एउटा यस्तो घटना भएको छ जसले धार्मिक रुपमा द्वन्दमा फसेको दुनियालाई राम्रो सवक सिकाउन सक्छ ।

समाचार अनुसार मुम्बइमा एक महिलाले हिन्दुको गणेश मन्दिरमा बच्चा जन्माइन् । अनि मन्दिरमा जन्मिएको उक्त बच्चाको नाम गणेश राखियो ।

सुत्केरी व्यथाले चेँपेपछि नूरुजहाँ नामकी ती महिलाका पति इलियाज शेखले उनलाई ट्याक्सीमा राखेर सिओन अस्पतालतर्फ लग्दै थिए । बाटोमा पर्ने वडालाको गणेश मन्दिरको नजिकै पुगेपछि महिलालाई व्यथाले निकै चेँप्यो । महिला रुन, चिच्याउन र छटपटाउन थालेपछि ट्याक्सी ड्राइभर डराए र ट्याक्सी चलाएर अघि बढ्न अस्विकार गरे ।

चालकले ती महिलालाई ट्याक्सीबाट झार्नका लागि उनका पतिलाई भनेपछि पति इलयाज विलखबन्दमा परे । उनले व्यथाले छटपटाएकी श्रीमतीलाई ट्याक्सीबाट बाहिर झारे । त्यहाँ भएका अरु मानिसलाई हारगुहार गरे, तर उनलाई सहयोग गर्ने कोही भेटिएनन् । त्यसपछि उनले श्रीमतीलाई लिएर नजिकैको गणेश मन्दिर पुगे । मन्दिर नजिकै श्रीमतीलाई भुइँमा बसाएर उनी अर्को ट्याक्सी खोज्न हिँडे ।

सुत्केरी व्यथाले छटपटाएकी ती महिलाको अवस्था देखेर मन्दिरका दर्शालुहरुको मन पग्लियो । महिला दर्शालुहरुले ती महिलालाई मन्दिरमित्र लगे । आसपासका घरहरुबाट धोती, पछ्यौरा, च्यादरहरु मगाइयो अनि उनलाई मन्दिरभित्रै सुत्केरी गराइयो ।

बच्चा जन्मिएपछि उनको खुसीको सिमा रहेन । पछि उनका पति पनि आए । मन्दिरमा बच्चा जन्माउन पाउँदा आफु निकै खुसी भएको र अब बच्चाको नाम गणेश राख्ने नूरुजहाँले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment