Comments Add Comment

किन रद्द भयो यौनशक्ति सम्बन्धि हाजिरी जवाफ ?

nnn

यौन शक्ति बढाउने विषयमा हुन लागेको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सरकारले रोकिदिएको छ । घटना भारतको छत्तिसगढ राज्यको हो ।

हत्या तथा यौन शोषण लगायतका गम्भीर आरोपमा जेलमा रहेका आसाराम बापूका समर्थकहरुले यहीँ महिना छत्तिसगढ राज्यका १२ जिल्लाका सरकारी विद्यालयहरुमा यौनशक्ति हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागेका थिए ।

तर छत्तिसगढको भाजपा सरकारले आसारामको यौन सम्बन्धि किताबमा आधारित भएर गर्न लागिएको प्रतियोगिता रोकेको छ । तिन वर्ष पहिले शिक्षा विभागका अधिकारीहरुले दिएको निर्देशन अनुसार यस्तो प्रतियोगिता गर्न लागिएको बताइएको थियो ।

तर भाजपाका प्रवक्ता तथा विधायक श्रीचन्द सुन्दरानीले भने सरकारले प्रतियोगिताको बारेमा जानकारी पाए लगत्तै त्यसलाई रद्द गराएको र उक्त किताब पनि जफत गर्ने आदेश दिएको बताए ।

स्मरण रहोस् आसाराम बापु सँग छत्तिसगढ सरकारको गहिरो सम्बन्ध छ । राज्यको भाजपा सरकारले उनलाई सुरुदेखि नै राजकीय अतिथिको दर्जा दिएको थियो र मुख्यमन्त्री रमन सिंह समेत उनका शिष्य बनेका थिए ।

सोही कारण राज्यको शिक्षा विभागले आसारामको ‘दिव्य प्रेरणा प्रकाश’ नामको किताबलाई सरकारी स्कुलमा बेचेको थियो र सोही किताबमा आधारित भएर स्कुलहरुमा प्रतियोगिता गराउने सिलसिला लामो समयदेखि जारी थियो । छात्राछात्राहरुलाई बाँडिएको उक्त किताबमा यौन शक्ति बढाउने उपायका विषयमा लामो वर्णन छ ।

तर पछिल्लो पटक शिक्षा विभागले सोही किताबमा आधारित प्रतियोगिता गराउन स्कुलहरुलाई निर्देशन दिएपछि विवाद सुरु भएको थियो । अन्ततः सरकारले विरोध खप्न नसकेर यौनशक्ति हाजिरीजवाफ प्रतियोगिता रोक्ने निर्णय गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment