Comments Add Comment

पर्यटन प्रवद्र्वन गरी स्थानीयवासीको आयआर्जन बढाउन जोड

२० असोज, चितवन । विश्व रामसार सूचीमा सूचिकृत चितवनको बीसहजारी तालको संरक्षण तथा व्यवस्थापनका लागि रु एक करोडको परियोजना सञ्चालन भएको छ ।

चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषकले बीसहजारी ताल संरक्षण तथा व्यवस्थापन परियोजना सञ्चालन गरेको हो । पर्यटन प्रवद्र्वन गर्दै स्थानीयवासीको आयआर्जनका विकास गर्ने र ताल तथा वरपरका क्षेत्र संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. चिरञ्जिवि पोखरेलले जानकारी दिए ।

कार्यक्रम सञ्चालनपछि अहिले यहाँ आयआर्जनका लागि स्थानीयवासीलाई प्रशिक्षण, सीपमुलक तालिम दिइएको छ । यस्तै तालको पानी शुद्ध राख्ने काम, संरक्षण र व्यवस्थापन कार्य, बाँध तथा जैविक बार लगाउने कार्य गरिएको उनले बताए ।

जिल्लाको रत्ननगर र भरतपुर नगरपालिकाबीच कोरिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचिकृत बीसहजारी ताल हो । नेपालमा नौवटा यस्ता क्षेत्रम सूचीमा रहेका छन् ।

बीसहजारीसँगै कपिलवस्तुको जगदीशपुर तालमा समेत उक्त परियोजना सञ्चालन भएको चितवन निकुञ्जले जनाएको छ । गएको वर्ष मात्रै ताल संरक्षण तथा व्यवस्थापन योजना यहाँ लागू भएको थियो । सोही योजना अनुसार पुल मर्मत, इनलेट र आउट लेट व्यवस्थापन, पैदलमार्ग तथा भ्यू टावरलगायतका काम गर्नुपर्ने योजनामा छ ।

तालको संरक्षण हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बीसहजारी ताल ओझेलमा पर्दैआएको छ । वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनभित्र रहेको ताल सफाइका लागि यसअघि करोडौंँको रकम खर्च गरिए पनि काम भने प्रभावकारी भएको छैन ।

तीन हजार २० हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई संरक्षण गर्ने हो भने बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक भित्रा्यउन सकिने स्थानीयवासी बताउछन् । यहाँ तालमा रहेका गोही, वरिपरीको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गिीले पर्यटकको मन तान्ने गर्दछ ।

ताल वरपर २६ प्रजातीका वन्जयन्तु, २७३ प्रजातीका चरा, २५ प्रजातीका माछा र १३१ प्रजातीका बोटबिरुवा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment