Comments Add Comment

किवी फलेपछि किसान उत्साहित

२० असोज, डडेल्धुरा । डडेल्धुरामा किवीफलको पहिलो पटक व्यवसायिक खेती सुरुसँगै फल लाग्न थालेपछि किसान उत्साहित भएका छन् ।

दुई वर्ष अगाडि जिल्ला कृषि विकास कार्यालयको पहलमा ईच्छुक किसानलाई १० देखि एक सय बोटसम्म बितरण गरि किवी फलको खेती सुरुवात गरिएको हो । किवी बिक्रीका लागि वजार धाउन नपर्ने र बढी मूल्यमा बिक्रि गर्न सकिने भएकाले मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयले नमुनाका रुपमा जिल्लाको दहव्यारेक, दमडा, बगरकोट लगायतका गाउँमा किवि खेती सुरु गरेको जनाएको छ । चाउरीपन हटने, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका लागि महत्वपूर्ण औषधिको रुपमा लिइने किवीफल पहिलो चरणमा जिल्लाभरीमा आठ सय बोट एलिसन र मोण्टो प्रजातीका बिरुवा रोपिएको कार्यालय प्रमुख दिनेसप्रसाद सापकोटाले बताए ।

हिउँदे फलका रुपमा रहेको किवी खेतीबाट दीर्घकालिनरुपमा आर्थिक उन्नती र अतिरिक्त आयआर्जन गर्नका लागि दोलखाबाट ल्याइएको किवीको बीउ लगाइएको हो । जिल्लाका लागि नयाँ र यसबाट मनग्य आम्दानी गरिने भएकाले किवीखेतिमा लागेको अमरगढी नगरपालिका– ६ दमडाका बेदप्रकास भट्ट बताए ।

किवी फलको खेतीसँगै अन्य तरकारीदेखि खाध्यान्न बालीसमेत भूँइमा लगाएर दोहरो मुनाफा गर्न सकिने भएकाले कृषक किवी खेतीतर्फ आकर्षित हुनथालेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment