Comments Add Comment

इन्धन आयातमा भारतको विकल्प खोजिँदै, आयल निगम गृहकार्यमा

२० असोज, काठमाडौं । भारतले अघोषित नाकाबन्दी कायमै राखेपछि नेपाल आल निगमले अन्य मुलुकसँग तेल किन्न गृहकार्य अघि बढाएको छ ।

nepal_oil_corporationसरकारी निर्देशन अनुसार आयल निगमले भारतको विकल्प खोज्न लागेको हो ।

भारतले पेट्रोलियम पदार्थ दिन आनाकानी गरेको र नाकामा पनि अवरोध कायमै राखेपछि सरकारले विकल्प खोज्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयबारे मंगलबार बाणिज्य मन्त्रालयले जानकारी गराएपछि आयल निगमले बुधबारदेखि बिकल्पहरुबारे छलफल थालेको जनाएको छ ।

निगमका कार्यकारी दिर्नेशक गोपालबहादुर खड्काले सरकारले गरेको निर्णय अनुसार तेल ल्याउन भारतको विकल्प खोज्न लागिएको बताए । ‘तेलको अभाव यति चर्को हुँदा पनि भारतले पर्याप्त तेल दिन अझै आनाकानी गरिरहेको छ । त्यसैले हामी भारतबाहेक अन्य मुलुकबाट तेल ल्याउने निर्णय गर्ने तयारी छौं’ खड्काले भने-‘बेलुकीसम्म कस्तो विकल्प प्रयोग गर्ने भन्ने बारे निर्णय हुनेछ ।’

तेल कुन देशबाट ल्याउने गरी गृहकार्य भइरहेको भन्ने उनले खुलाउन चाहेनन् । चीनसँगको नाका पुग्ने सडक मार्ग खुलेकाले सम्भव भएसम्म चीनबाट तेल ल्याउने गरी प्रक्रिया अघि बढेको निगका एक अधिकारीले बताए ।

नभए अरु मुलुकसँग पनि तेल किन्न प्रक्रिया सुरु गर्ने निगमको तयारी छ । निगमले केही दिन अघि भारतीय आयल कर्पोरशनलाई (आइओसी ) लाई पत्र लेखेर पर्याप्त तेल नदिए आफ्नो वषौर्ं लामो ब्यवसायिक सम्बनध बिग्रने चेतावनी दिएको थियो ।

विकल्प खोज्ने चेतावनीसहितको पत्रबारे आईओसी मौन बसेपछि निगमले अन्य देशसँग तेल किन्ने प्रक्रिया अघि बढाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment