Comments Add Comment

चार वर्षको बच्चा गर्भवती ! पेटबाट निकालियो भ्रुण

Baby-mother

बच्चाको पेटबाट मानव भ्रुण निकालिएको घटनाले सबैलाई अचम्मित तुल्याएको छ । भारतको पश्चिम बंगालस्ति मिदनापूरमा एक चार वर्षीय बच्चाको पेटबाट डाक्टरहरुले मृत भ्रुण निकालेका हुन् । डाक्टरहरुले यो घटनालाई चिकित्सा विज्ञानको दुर्लभ घटना भनेका छन् र हरेक ६ लाख मानिसमा एक जनामा यस्तो हुनसक्ने बताएका छन् ।

डाक्टरका अनुसार बच्चाको पेट निकै दुखेपछि उसलाई उपचारका लागि नर्सिंग होम लगिएको थियो । त्यहाँ भर्ना गरेर उसको पेटको चेकजाँच गरियो । सुरुमा ट्युमरको आशंका गरिएको थियो । तर अल्ट्रासाउण्ड तथा सिटी स्क्यानबाट उक्त बच्चाको पेटमा ट्युमर नभै मृत भ्रुण रहेको पत्ता लाग्यो ।

आइतबार राति बच्चाको शल्यक्रिया गरी उसको पेटबाट भ्रुण निकालिएको छ । उक्त भ्रुणका हात, खुट्टा, टाउको लागयतका अंगहरु विकशित भैसकेका थिए । पेटबाट भ्रुण निकालिएपछि विनपूरको खरिकाबन्द गाउँको उक्त बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

वास्तवमा यसरी बच्चाको पेटमा गर्भ रहनु अर्थात् भ्रुण हुनु कुनै मैथुनिक कार्यबाट रहेको गर्भ होइन । आमाको पाठेघरमा भ्रुणावस्थामा रहँदा जुम्ल्याहा भ्रुणमध्ये एउटा भ्रुण विकशित हुन नसक्दा अर्को भ्रुणको सरीरभित्र परजिवी जस्तै भएर टाँसिन पुग्छ । कतिपय अवस्थामा यस्ता भ्रुणहरु सरीरको बाहिरी भागमै पनि हुन्छन् भने धेरैजसो बच्चाको पेटभित्र टाँसिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment