Comments Add Comment

नाति नातिनाको लागि रुखमै तीनतले घर (फोटोफिचर सहित)

House at tree1
सावाँको भन्दा ब्याजको माया भन्नेे उखानै छ । अर्थात् छोराछोरीको भन्दा नातिनातिनाको माया धेरै हुन्छ भन्छन् बुढापाकाहरु । र, हो पनि । हजुरबा हजुरआमाको माया पाउने भाग्यमानी बच्चाबच्चीहरुले यो अनुभव गरेकै हुनुपर्छ की बुढा भएर कुप्रिएका हजुरबा हजुरआमाले नाति नातिनीका खुसीको लागि आफ्नो गाँस काटेरै भएपनि खानेकुरा तथा लुगाफाटो समेत किनिदिएका हुन्छन् । नाति नातिनीको खुसीको लागि हजुरबा हजुरआमाहरु के सम्म गर्दारहेछन् भन्ने कुरा अमेरिकाका एक मायालु हजुरबाले प्रमाणित गरिदिएका छन् ।

म्यासाच्युसेट्सका बासिन्दा ५९ वर्षीय जे हेविटले आफ्नो ६ वर्षे नाति र ४ वर्षे नातिनीको मनको इच्छा पूरा गरिदिनका लागि सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने काम गरेर देखाइदिए ।

नाति नातिले खेल्ने क्रममा भनिरहेका हुन्थे की उनीहरुको एउटा छुट्टै घर होस् अनि त्यो घर अरुहरुको भन्दा भिन्नै होस्, हट होस् । केटाकेटीको यो मनोभावनालाई धेरैपटक साक्षात्कार गरेका हेविटको मनमा लालाबालाको इच्छा पूरा गरेरै छाड्ने आकांक्षा पलायो । एनिमल प्लानेट टेलिभिजन च्यानलमा आउने चर्चित शो टि्र हाउसबाट प्रभावित भएर अन्ततः उनले नाति नातिनाका लागि सपनाको घर बनाइदिए ।

House at tree

मायालु हजुरबा हेविटले आफ्ना नातिनातिनीको लागि ४० फिट लामो रुखमा तिनतले घर निर्माण गरिदिए । निकै सुन्दर त्यो घर बनाउने क्रममा उनले आफ्नो छोराको आइडिया पनि लिए र पूरै दुइवर्ष लगाएर घर तयार गरे ।

यो अनौठो तथा सुन्दर काठको घरमा निकै भव्य सिँढीहरु, झ्यालढोका, बार्दली, भेन्टिलेसन सिस्टम, विजुलीबत्तिको व्यवस्था, ठूलो वैठक कोठा तथा केटाकेटी खेल्ने ठाउँ समेत छ ।

न्यु ह्याम्पसायरस्थित एउटा पानीको पोखरी नजिकैको रुखमा यो घर बनाइएको छ । आफुहरुको सपनाको घर देखेर बच्चाबच्चीहरु कम्ता खुसी छैनन् । सायद उनीहरु दुनियाका सबैभन्दा भाग्यमानी बच्चाहरु होलान् ।

House at tree2

House at tree3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment