Comments Add Comment

तपाइँको फेसबुक अकाउण्टको मूल्य कति ? १३ सय रुपैयाँ

Facebook

के तपाइँलाई थाहा छ, आफ्नो फेसबुक अकाउण्टको मूल्य कति होला ? झण्डै १३ सय रुपैयाँ । हो, तपाइँको फेसबुक अकाउण्टको मूल्य १३ सय २६ रुपैयाँ हो ।

सोसल नेटवर्किंग जाएन्ट फेसबुकले हालै सार्वजनिक गरेको यो वर्षको राजश्वको तथ्यांकले एउटा फेसबुक अकाउण्टको औषत मूल्य १२.७६ डलर अर्थात् १३ सय २६ रुपैयाँ रहेको देखाएको छ ।

हाल फेसबुकका झण्डै डेढ अर्ब प्रयोगकर्ता छन् । रिसर्च फर्म इमार्केटरका अनुसार विश्वका सबै प्रयोगकर्ताको औषत निकाल्ने हो भने हरेक प्रयोगकर्ताको अकाउण्टबाट फेसबुकलाई झण्डै १२.७६ डलर विज्ञापन राजश्व प्राप्त हुन्छ ।

अमेरिकी प्रयोगकर्ताको मात्र कुरा गर्ने हो भने त एउटा फेसबुक अकाउण्टबाट फेसबुकले ४८.७६ अमेरिकी डलर कमाउने गर्दछ ।

सि नेट पत्रिकामा छापिएको खबर अनुसार यो वर्ष फेसबुकले विश्वमा सोसल साइटहरुमा खर्चिइएको कुल विज्ञापनिक खर्चको ६५ प्रतिशत आफ्नो पोल्टामा पार्दैछ ।

यो वर्ष फेसबुकले १६३० करोड डलर विज्ञापन राजश्व उठाउने देखिएको छ । अघिल्लो वषृ उसले ११५० करोड डलर कमाएकोथियो । यो वर्ष त्यसभन्दा ४१ प्रतिशत बढि विज्ञापन राजश्व कमाउने प्रक्षेपण गरिएको छ ।

यो रकम फेसबुक तथा इन्टाग्राम दुबैले कमाउने विज्ञापन राजश्व हो । इन्टाग्रामले यो वर्ष ६० करोड डलर विज्ञापन राजश्व कमाउने देखिएको छ । जुन फेसबुकले विज्ञापनबाट कमाउने कुल राजश्वको ५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment