Comments Add Comment

पशुपतिमा ‘मोदीको क्षमापूजा’ : महजोडीदेखि लीलामणिसम्म (फोटो फिचरसहित)

Modi-Chyama-Pooja Aa Pashupati (9)

२१ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुप धारण गरेर पशुपति मन्दिरमा हास्य कलाकार मनोज गजुरेलले एकाबिहानै जात्रा देखाए । नेपाललाई नाकाबन्दी गरेर पाप गरेको भन्दै ‘पापमोचन’ गराउन विहीबार बिहान नक्कली मोदी बनेर गजुरेल पशुपतिमा पुगेका थिए ।

गजुरेललाई हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यदेखि पूर्वमुख्यसचिव लीलामणि पौडेलसम्मले साथ दिएका थिए ।

मोदीको हुलियामा मनोज गजुरेललाई देख्दा पशुपतिमा जम्मा भएका भारतीय दर्शनार्थीहरुले झुक्किएर फोटो खिच्न हानाथाप गरेका थिए ।

Modi-Chyama-Pooja Aa Pashupati (6)

करिब १० मिनेमा सकिएको क्षमापूजाका क्रममा नक्कली मोदीले भने- ‘नेपालमा भारतप्रति घृणा फैलिएकोे कुरा मलाई मानिसहरुले सुनाए, त्यस्तो कुरा ल्याउनेलाई मैले जवाफ दिउँ, जुन देशका जनतालाई हामीले नाकाबन्दीको चक्रव्यूहमा राखेका छौं, उनीहरुले हामीलाई घृणा नगरेर के प्रेम गर्छन् त ?’

‘मोदीजी अध्यात्मिक टाइपको मान्छे पाप हो । तर, उनलाई अहिले गरेको पापमा पशुपतिनाथले पनि क्षमा दिन मुस्किल छ,’ गजुरेलले अनलाइनखबरसित भने, ‘तैपनि हामीले प्रयास गरेका हौं ।’

उक्त अवसरमा बोल्दै हास्यकलाकार हरिवंश आचार्यले मोदी नेपाल आउँदा कमाएको लोकप्रियता शून्यमा झरेको भन्दै नेपाली जनताप्रति गरेको अपराधलाई लिएर माफी माग्नुपर्ने बताएका थिए । पूर्वमुख्यसचिव पौडेल भने केही बोलेनन् ।

Modi-Kshyama Puja At Pashupati (1) Modi-Chyama-Pooja Aa Pashupati (8) Modi-Chyama-Pooja Aa Pashupati (6) Modi-Chyama-Pooja Aa Pashupati (5) Modi-Chyama-Pooja Aa Pashupati (4) Modi-Chyama-Pooja Aa Pashupati (3) Modi-Chyama-Pooja Aa Pashupati (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment