Comments Add Comment

दशैंमा जेएमईको बाहार, प्रत्येक ग्राहकलाई उपहार

JME

१५ असोज, काठमाडौं । विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको जापान मनी एक्सप्रेस (जेएमई)ले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहाकलाई लक्षित गरेर विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत जेएमईले रेमिट्यान्स भुक्तानी लिने प्रत्येक ग्राहकलाई पक्का उपहार अन्तर्गत एक सय रूपैयाँको रिचार्जकार्ड प्रदान गर्ने जनाएको छ । यस्तै सान्त्वना पुरस्कार स्वरुप ५ सय जनालाई टि–सर्ट र भित्ते घडी दिइने छ ।

वम्पर उपहारमा सय जनालाई टाइगरल्याण्ड सफारी रिसोर्ट चितवनमा २ दिन १ रातको भ्रमण प्याकेज प्रदान गर्ने जेएमईका अधक्ष्यअोम गुरुङले जानकारी दिएका छन् ।

योजना यही असोज २६ गते घटस्थापनाबाट कात्तिक मसान्तसम्म लागू हुने कम्पनीका अधक्ष्य अोम गुरुङले बताए । जेएमईले जापान लगायत अन्य देशबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको छ ।

स्थापनाको छोटो समयमै विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल जेएमईले पछिल्लो समय आफ्नो सेवाविस्तारलाई पनि तिब्रता दिएको छ ।

विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत आएको रेमिट्यान्स र मुलुक भित्रै पनिजेएमईमार्फत पठाएको रकम यसका मुलुकभर रहेका १५ सयभन्दा बढी एजेण्ट, वित्तिय संस्था तथा वैकहरुबाट भुक्तानीलिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment