Comments Add Comment

‘भन्थ्यौ आमा’ले जन्माएको ‘परदेशी’को कथा

prasant-rajani-naraan
चलचित्र ‘गोर्खापल्टन’ बनाउनु भन्दा अगाडि देखिको सम्बन्ध थियो, निर्माता राजेश वंशल र निर्देशक तथा गीतकार नारायण रायमाझीको ।

‘गोर्खापल्टन’बाट सफलता पाएपछि दुबै जना उत्साहित पनि थिए । यसपछि यी दुइले लामो समय काम गरेनन् । चलचित्र बनाउने कुनै कुरा नै थिएन । एक दिन रायमाझीले वंशललाई एउटा गीत सुनाए । जसमा बोल थियो-‘भन्थ्यौ आमा’ । यो गीत सुनेपछि वंशलले अरु कुरा सुन्न आवश्यक ठानेनन् । यहीबाट चलचित्र ‘परदेशी’को जन्म भएको थियो ।

अनलाइनखबरसँगको एक भेटमा वंशलले आफूले ‘परदेशी’ नामक चलचित्र बनाउनुको कारण बताए । चलचित्रको निर्माण थालिएको २ बर्ष भैसकेको छ । निर्देशक रायमाझीले यो चलचित्रलाई ५० पटकसम्म सम्पादन र अन्य कार्य गरेको बताए ।

उनले भने-‘जतिबेला काठमाण्डौ बाहिरका विभिन्न स्थानमा च्यारेटी गरेर राम्रो प्रतिक्रिया मिल्यो, तैपनि मेरो मन मानेन । २ बर्षसम्म मैले अरु कुनै गीत सिर्जना नै गरेको छैन । यो चलचित्रको मैले ५० पटकसम्म सम्पादन, कलर करेक्शनदेखि अन्य विभिन्न काम गरे होला ।’

वंशल र रायमाझीको तर्क छ-‘गोर्खापल्टन’ भन्दा ‘परदेशी’ धेरै राम्रो बनेको छ । यसपटक हामी झन् सफल हुन्छौ भन्ने विश्वास छ ।’ प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारले मुख्य भूमिकामा काम गरेको यो चलचित्र कात्तिक ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment