Comments Add Comment

एनआरएनए मध्यपूर्व सह-संयोजकमा अधिकारीको उम्मेदवारी घोषणा

घनश्याम पराजुली (कृष्ण)

दोहा । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा मध्यपूर्व क्षेत्रबाट विभिन्न पदमा उम्मेदवारी दिने लहर चलेको छ । यसैक्रममा कतारमा विगत लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका एनअारएनए वर्तमान आईसीसी सदस्य उमेश अधिकारीले आगामी कार्यकालका लागि मध्यपूर्व सह-संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

umesh adhikariयही असोज २७ देखि ३० गतेसम्म काठमाडौमा एनआरएनएको विश्व सम्मेलन हुदैछ । विगत ७ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा निरन्तर लागिरहेका अधिकारी सन् २००९ मा एनआरएनए एनसीसी कतारको सचिवालय सदस्य थिए । उनी सन् २०११ मा युवा संयोजक र २०१३ मा आईसीसी सदस्यको पदमा रहेर काम गरेका हुन् ।

उनले ११ बुदे प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरुको हक, हित र अधिकारलाई सुरक्षित गर्नको लागि विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावाससँग आवश्यक समन्वय गरी समस्याहरु समाधानको लागि आवश्यक पहल गर्दै नेपाली राजदुतावास नभएका मुलुकहरुमा नेपाल सरकारसँग दूतावास खोल्नको लागि ठोस रुपमा पहल गर्ने उनले बताए ।

खाडीमा अलपत्र परेका नेपाली श्रमिकहरुको उद्धार गर्न र वैदेशिक रोजगारलाई मर्यादित एवम् व्यावस्थित गर्नका लागि मध्यपूर्वमा एक “एनआरएन अक्षयकोष” स्थापना गर्न आवश्यक पहल गर्ने लगायतको उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment