Comments Add Comment

गाईको मासुको निहुँमा कश्मिरको विधानसभामा कुटाकुट

jammu_kashmir_assembly_624x351_epa

भारत । जम्मु कश्मिरको विधानसभामा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले बिहीबार एक स्वतन्त्र सांसदलाई गाईको मासु खाएको आरोपमा विधानसभाभित्रै पिटेका छन् ।

स्वतन्त्र सांसद इन्जिनियर रसिदले बुधबार होस्टल परिसरमा ‘विफ पार्टी’ आयोजना गरेको आरोपमा विहीबार पिटाइ खाएका हुन् । रसिद उनै विधायक हुन्, जसले कश्मिरमा गाईको मासुमाथि लगाइएको प्रतिबन्ध हटाउने माग गर्दै विधानसभामा विधेयक पेश गरेका छन् ।

रसिदले बीबीसीलाई भने, ‘कश्मिरमा गाईको मासु खाने तथा बेच्ने प्रतिवन्ध हटाउनुपर्छ भन्ने मेरो विधेयकमाथि सदनमा छलफल हुनेवाला थियो, जब म बोल्नका लागि उभिएँ, भाजपाका सांसद रविन्द्र रैना मसिन कुस्ती खेल्न आए । भाजपाका अन्य विधायकहरुले पनि उनलाई साथ दिए ।’

विपक्षी नेसनल कन्प|mेन्स र कांग्रेसका संसदले यो हर्कतको निन्दा गरेका छन् । राज्यका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले बीजेपीका सांसदबाट ‘दादरी’ को जस्तै हमला गरिएको आरोप लगाए ।

उत्तरप्रदेशको दादरीमा गाईको मासु खाएको आरोपमा एक परिवारमाथि आक्रमण भएको र एकको हत्या भएको थियो । कश्मिर विधानसभाको यो घटनालाई पनि केहीले दादरी घटनासँग दाँजेका छन् ।

बुधबारको भोजमै पनि केही भाजपा सांसदले प्रदर्शन गर्नुका साथै खाना राखिएका स्टलहरुमा तोडफोडको प्रयास गरेका थिए । त्यसको भोलिपल्ट विभानसभामा हात हालाहाल भएको हो ।

यद्यपि मुख्यमन्त्री मुफ्ती मोहम्मद सइदले यो विषय चाँडै सुल्झिने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment