Comments Add Comment

कोइरालाले भने-‘भद्र सहमति’ अफवाह मात्र, कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदा के हुन्छ ?

Congress-Meeting
२१ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रमुख दलहरुबीच भएको भनिएको ‘भद्र सहमति’ अफवाह मात्र भएको बताएका छन् । साथै उनले नयाँ सरकार गठनबारे दुई विकल्प अघि सारेका छन् ।

बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कोइराला ‘भद्र सहमति’बारे मौनता तोडेका हुन् । कोइरालाले प्रमुख दलहरुबीच कुनै भद्र सहमति नभएको भन्दै ‘भद्र सहमति’को दाबीलाई अफवाहको संज्ञा दिएका छन् ।

यसअघि एमाले र एमाओवादी नेतृत्वले १६ बुँदे सहमति गर्ने क्रममा संविधान बनेपछि एमाले अध्यक्ष केपी ओलीलाई प्र्रधानमन्त्री बनाउने भद्र सहमति भएको दाबी गरेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक र सार्वजनिक कार्यक्रमा नै भद्र सहमति भएको र कोइरालाले पटक पटक ओलीलाई ढुक्क हुनुस भनेको भन्दै आएका छन् ।

नयाँ सरकार गठनबारे दुई विकल्प

केन्द्रीय समितिको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले नयाँ सरकार गठनबारे दुई विकल्प अघि सारेका छन् । एमालेको नेतृत्व स्वीकार गरेर जाने कि आफ्नै नेतृत्वमा सरकार बनाउने भन्दै विकल्प दिएको स्रोतले बताएको छ ।

कोइरालाले प्रस्ताव राख्दै केन्द्रीय सदस्यहरुको धारणा मागेका थिए । तर, उनीहरुले नेताहरुले पहिले धारणा राख्नु पर्ने बताएपछि नेताहरुले बोल्ने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment