Comments Add Comment

एनआरएनए एसिया क्षेत्रीय उपसंयोजक पदमा श्रेष्ठको उम्मेदवारी

rohit shrestha_govindaकाठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को सातौ महाधिबेशनमार्फत आउने नयाँ नेतृत्वका लागि जापानका रोविन्दप्रसाद श्रेष्ठ (गोबिन्द)ले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा नै उम्मेदवारी दिने भएका छन् ।

वर्तमान कार्यसमितिमा पनि उनी एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक नै छन् ।

नेतृत्वका लागि पदमामाथि गएर भन्दा पनि काम गरेर देखाउनका लागि उपसंयोजक पदमा रहेर एक कार्यकाल काम गर्ने निर्णयमा पुगेको उनले बताए ।

एनआरएनका अग्रज अध्यक्ष, उपाध्यक्ष तथा एसिया प्यासिफिक क्षेत्रीय संयोजकले पनि पद दोहोर्‍याउने निर्णय गरेपछि आफूले पनि सोही पदमा रहेर सेवा गर्न चाहेको उनले बताए ।

एनआरएनए आइसीसी र एसिया प्यासिफिक क्षेत्रमा रहेका एनआरएनए एनसीसीबीच मध्यस्तकर्ताको भूमिका निभाउँदै राम्रो सम्बन्ध बनाउन, विदेशी सीप र लगानीलाई स्वदेशमा ल्याउन, एनआरएन अभियानमा अझै धेरै तन,मन र धनले सहयोग गर्न, पदभन्दा पनि काम गरेर देखाउन आफूले क्षेत्रीय उपसंयाजक पदमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताए ।

श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका सफल नेपाली ब्यवसायीहरु मध्ये एक हुन् । उनी एनआरएन तथा व्यक्तिगत तवरबाट सामाजिक सेवामा निरन्तर लागिरहेका छन् । उनी केही समयअघि मात्र लायन्स क्लब अफ काठमाडौं धुम्बाराहीका अध्यक्ष छन् ।

नेपालमा महाभूकम्प आउँदा श्रेष्ठको पहलमा भूकम्पपीडितका लागि ५० लाखभन्दा बढि राहत सहयोग वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment