Comments Add Comment

हामीले संसद बहिस्कार गरेका छैनौं : उपेन्द्र यादव

२१ असोज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ब्यवस्थापिका संसद नछाडेको बताएका छन् । नयाँ प्रधानमन्त्री चयनको लागि जोड घटाउ चलिरहेको बेला यादवले मधेसी मोर्चा संसदमा जाने संकेत दिएका हुन् ।

upendra-yadavरिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा यादवले आफुहरुले संविधान निर्माण प्रक्रियामा असहमति प्रकट गरेर संविधानसभा मात्रै बहिस्कार गरेको बताए ।

नयाँ प्रधानमन्त्रीको चयनको सवालमा उनले भने-‘एक तिर गोमन सर्प छ, अर्को तिर करेत सर्प छ । यस्तो अवस्थामा कस्लाई रोज्ने हामीलाई फसाद परेको छ । अहिले हामीले कुनै निर्णय गरिसकेका छैनौं ।’

यद्यपि उनले आफूहरुको सहभागिता विना प्रधानमन्त्री चयन नहुने अवस्था आए पार्टी र मोर्चाबाट उपयुक्त निर्णय लिने बताए । उनले भने-‘संसदमा जाने नजाने कुरा परिस्थितिले हुन्छ ।’

अध्यक्ष यादवले सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुलाई ‘मिठो नाटक’ को संज्ञा दिएका छन् । उनले भने-‘सहमति नगरी गरेको कामले स्वामित्वमा गम्भीर समस्या आएको छ ।’

सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै समाजवादी फोरमका अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे धेरै विषयहरु आफैं हल भएर जाने दावी गरे ।

अंगिकृत नागरिकले राज्यको महत्वपूर्ण पद पाउनुपर्छ भन्ने आफूहरुको माग नभएको भन्दै यादवले केवल आफूहरुले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित मात्रै हुनु हुन्न भनेकेा प्रष्ट पारे ।

मधेसलाई लिएर चीन र भारत बिरोधी सेन्टिमेन्ट भड्काएर आन्दोलन विदेशीको ईशारामा चलेको देखाउन खोजिएको भन्दै उनले कुनै पनि देशको झण्डा जलाउने काम घृणित र निन्दनीय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment