Comments Add Comment

मधेस आन्दोलनले अर्बौको नोक्सान

सुभाषप्रसाद साह

२१ असोज, कलैया । तराई-मधेसको अनिश्चितकालिन बन्द र नाकाबन्दीका कारण अर्बौ रुपैया राजस्व नेपाल सरकारले गुमाएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आहवानमा तराई मधेसमा बिगत ५४ दिनदेखि र नाकाबन्दी आन्दोलन १५ दिनदेखि निरन्तर जारी रहेको छ । जसकारण सरकारले अर्बौ रुपैयाँ राजस्व गुमाएको देखिन्छ ।

madesh banda
वीरगंज र रक्सौलबीच पर्ने मितेर पुलमा धर्नामा बसेका संघीय समाजबादी फोरम नेपालका महासचिव रामसहाय यादवलगायतका नेता कार्याकर्ता ।

बाराको पाँच छोटी भन्सार कार्यालयका साथै देशकै मुख्य नाकाको रुपमा रहेको बीरगंज भन्सारका, सुख्खा बन्दरगाहको भन्सार कार्यालयहरु पुर्ण रुपमा ठप्प रहेको छ । सिम्रौनगढ, मटिअर्वा, कचोर्वा, कवहिगोठ र पिपरपाती पचरौता सहित बारामा पाँच छोटी भन्सार कार्यालय छन् । आन्दोनरत मधेसी मोर्चाले सबै भन्सार कार्यालयमा दिनहु धर्ना दिँदै आएको छ ।

मधेसी मोर्चाको दिनु नाकाबन्दीका कारण बीरगंज भन्सार कार्यालयले मात्रै सात अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको छ । नेपालमा रहेका बिभिन्न भन्सार कार्यालयहरु मध्ये बिरंगज सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय हो । देशमै सबैभन्दा बढी उधोग कलकारखाना रहेको बारा र पर्साका उधोगले बिदेशबाट मगाउँने कच्चा पदार्थ यही बीरगंज भन्सार कार्यालय प्रयोग गर्दै मगाउँदै आएको बारा उधोग बाणिज्य महासंघका महासचिव राजकुमार साहले बताए ।

कलैया-बीरगंज, पोखरीया-बीरगंज र पथलैया-बीरगंज औधोगिक क्षेत्रमा रहेका साना ठुल्ला गरी दुई हजारभन्दा बढी उधोगकलकारखानाहरु बन्द रहेको महासचिव साहले बताए । नाकाबन्दी एवं आमहडतालका कारण कच्चा पदार्थ नाकामै अडकेपछि उधोगहरु बन्द रहेको उनले बताए ।

सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने बीरगंज भन्सार, डाबर नेपाल, जगदम्बा स्टिल प्रालि, सुर्या नेपाल प्रालि, हुलास स्टिल प्रालि लगायत ठप्प रहेको छ । यि सबै कार्यालय र उधोग बन्द भएका कारण सरकारले अर्बौ राजस्व गुमाई रहेको छ ।

मधेसी मोर्चाको नाकाबन्दी एवं तराई मधेस आमहडतालले सधै चहलपहल रहने यि प्रतिष्ठानहरु सुनशान जस्तै देखिन्छ । दिनहुको प्रदर्शन र २४ सै घण्टा नाकाबन्दीले आयात निर्यात ठप्प भएको हुलास स्टील ईन्डष्ट्रिज गढीमाई नगरपालिका सिमराका प्रशासन बिभाग प्रमुख मोहन पौडेलले बताए । आन्दोलनले उधोग नखुलने निश्चित भएपछि उधोगहरु बन्द गरी उधोगीले दशै, तिहार र छठ पर्व सम्मका लागि मजदुरलाई बिदा दिइसकेका छन् ।
madesh banda2लगातारको बन्दका कारण ती उधोग, कलकारखानामा प्रत्यक्षरुपमा कार्यरत २० हजार भन्दा बढी मजदुरले काम गर्न नपाएका संघका महासचिव साहले बताए । ‘बारा र पर्साको मात्रै उधोग, कलकारखाना बन्दका कारण दैनिक रुपमा दुई अर्ब भन्दा बढीको क्षति भईरहेको छ’ महासचिव साहले भने, ‘उधोगको उत्पादन, बिक्रीबितरण ठप्प भएकोले राज्यले एक दिनमै पाउँने करोडौ राजस्व पनि गुमाईरहेको छ ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख मित्रलाल रेग्मीका अनुसार वीरगञ्ज भन्सारले भदौ महिनामा मात्रै लक्ष्यभन्दा ३ अर्ब ९१ करोड रुपैयाँ कम राजश्व उठाएको थियो । यस्तै असोज महिनामा ७ अर्ब ७८ करोड राजश्व उठाउने लक्ष्य लिइएकोमा बिहीबारसम्म १ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको उनले बताए । यस्तै अवस्था रहिरहे यसै महिनामा मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व घाटा हुने अनुमान छ ।
सरकारी बार्ता टोली र आन्दोलनरत दलका बीचमा पटक पटक बार्ता भईरहेको भएपनि कुनै ठोस निर्णय नहुदा जारी नाकाबन्दी एवं अनिश्चितकालिन तराई मधेस बन्द कार्यक्रम अझै लम्बिने संकेत देखिन्छ । आफ्ना माग सम्बोधन नभए सम्म आन्दोलनका सबै कार्यक्रम जारी नै रहने आन्दोलनरत संघीय समाजबादी फोरम नेपालका महासचिव रामसहाय यादवले बताए ।

देशमै सबैभन्दा बढी उधोग कलकारखान बारा र पर्सामा छ । देशकै सबै भन्दा ठुल्लो भन्सार कार्यालय बीरगंज हो । नेपाल सरकारले बीरगंज भन्सार कार्यालय र बारा पर्साका उधोगबाट पाउँने राजस्व गुमाउन थालेपछि त्यसको असर देशकै अर्थतन्त्रमा पर्ने अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।
लनका सबै कार्यक्रम जारी नै रहने आन्दोलनरत संघीय समाजबादी फोरम नेपालका महासचिव रामसहाय यादवले बताए । देशमै सबैभन्दा बढी उधोग कलकारखान बारा र पर्सामा छ । देशकै सबै भन्दा ठुल्लो भन्सार कार्यालय बीरगंज हो । नेपाल सरकारले बीरगंज भन्सार कार्यालय र बारा पर्साका उधोगबाट पाउँने राजस्व गुमाउन थालेपछि त्यसको असर देशकै अर्थतन्त्रमा पर्ने अर्थशास्त्रीहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment