Comments Add Comment

सेक्ससँग फिटनेशको सम्बन्ध छैन: सबिन श्रेष्ठ

Sabin Shrestha_Fitness

तीन दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक सबिन श्रेष्ठ फिगर मेन्टेन गर्ने नायकका रुपमा चिनिन्छन् । प्रेमकथा र एक्सन चलचित्रमा जमेका यी नायक आफ्नो शरिरको निकै ख्याल गर्छन् ।

हरेक दिन अढाई घण्टा एक्सरसाईज गर्ने यी नायक ठिक्क मात्रै खान्छन् । आफ्नो शरीर तन्दुरुस्त हुनुको रहस्य नियमित ब्यायाम र ठिक्कको खाना हो भन्छन् । अनलाइनखबरको फिटनेश स्तम्भ अन्तर्गत रहेर उनीसँग गरिएको कुराकानी :

तपाईको उचाई र तौल कति छ ?
उचाई ५.११ इन्च र तौल ७९ केजी ।

दुब्लाउने सोचमा हुनुहुन्छ कि मोटाउने ?
जिउ केही हेभी भएकोले हल्का घटाउने योजनामा छु । तर, त्यती धेरै होईन ।

एक्सरसाईज के के गर्नुहुन्छ ?
म गौशालामा रहेको ‘कलिउड प्लानेट’ मा जान्छु । त्यहाँ एक्सरसाईजका लागि आवश्यक पर्ने सबै उपकरणहरु छ । म प्राय हरेक दिन अढाई घण्टा त्यही बिताउँछु । फिजिकल एक्सरसाईजदेखि मर्निङवाक सम्म त्यही हुन्छ । प्राय बिहानमै जान्छु । बिहानै सुटिङ पर्‍यो भने फुर्सद मिलाएर दिउँसो पनि जान्छु ।

जिम जाने गर्नु भएको छ ?
कलिउड प्लानेटमा गएपछि सबथोक हुन्छ । जिम लगायत अरु धेरै कुरा त्यही नै गर्ने गरेको छु ।

योगा गर्नुहुन्छ कि हुन्न ?
योगाको वारेमा सुनेको छु तर, गरेको छैन । योगाले शरीरलाई सन्तुलनमा राख्नेदेखि मनलाई शान्त बनाउछ भन्नेमा जानकारी छ । अलिपछि गर्नुपर्ला ।

पानी कति पिउनुहुन्छ ?
शरिरलाई आवश्यक पर्ने पानी मैले जहिले पिउँछु । दिनमा छ/ सात लिटर पानी पिउने गर्छु ।

कुन सेलिब्रिटीको फिगर मन पर्छ ?
मैले यो कलाकारको फिगर मन पर्‍यो भन्दै नक्कल त गरेको छैन । तर आमिर खान र सलमान खानको फिगर मन पर्छ ।

डाईटिङ गर्नुहुन्छ कि हुन्न ?
डाईटिङ गर्दिन । ठिक्क खायो भने डाईटिङ गर्न पर्छ जस्तो मलाई लाग्दैन ।

कति घण्टा सुन्तुहुन्छ ?
छ देखि सात घण्टा ।

हरेक मान्छेले स्वस्थ हुनका लागि गर्नैपर्ने कुरा के के हुन् ?
हरेक ब्यक्तिले स्वस्थ जीवन जीउनका लागि दिनमा सामान्य फिजिकल एक्सरसाईज गर्नुपर्छ । ठिक्क मात्रै खानु पर्छ । शरीरलाई आवश्यक पर्ने पानी त महत्वपूर्ण भैहाल्यो ।


फिटनेशका लागि सेक्स कति आवश्यक छ ?
सेक्स भन्ने कुरा मनमा उब्जने कुरा भएकाले फिटनेशसँग सम्बन्धित हो जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment