Comments Add Comment

नेपाल एयरलाइन्सले कोलकाताबाट ६६ टन हवाई इन्धन ल्यायो

nepal-airlines

 काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकाताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ ।

दशैंमा श्रम गन्तव्यबाट धेरै यात्रुहरु स्वदेश फर्किने भएकाले बढी भन्दा बढी यात्रुलाई सेवा दिन चार्टर गरी हवाई इन्धन ल्याएको निगमले जनाएको छ ।

निगमले बोइङ ७५७ जहाजबाट दुई उडान गरेर ६६ टन हवाई इन्धन ल्याएको छ । उक्त इन्धन नेपाल आयल निगमको स्टोरेज ट्यांकीमा जम्मा गरी निगमलाई आवश्यक पर्दा विमानमा भरिने बताइएको छ ।

परिस्थिति र आवश्यकता अनुसार भोलिका दिनमा पनि चार्टर उडान गरेर हवाई इन्धनको सञ्चिती बढाउने निगमको योजना छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरिएको निगमले जनाएको छ ।

यसअघि विभिन्न मुलुकबाट काठमाडौं फर्किने विमानमा अर्को गन्तव्य जान पुग्ने हवाई इन्धन ल्याउनुपर्दा कम संख्यामा यात्रु बोक्नुपर्थ्यो ।  तर, अब चार्टर गरी इन्धन ल्याएको हुँदा बढी संख्यामा यात्रु ल्याउन सकिने निगमको विश्वास छ ।

कलकत्ताको उडान केवल ४५ मिनेटको मात्र हुने र काठमाडौंको तुलनामा हवाई इन्धन सस्तो भएकाले कलकत्ताबाट चार्टर गरी ल्याएको निगमले जनाएको छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि नेपाल आयल निगमले इन्धन संकट टार्नका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानलाई तेल दिन छाडेको छ । निगमले तेल नदिएपछि अन्तर्राष्ट्रिय विमानले विभिन्न देशका विमानस्थलमा टेक्निकल ल्यान्डिङ (प्राविधिक अवतरण) गरी तेल भरी उडान भर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment