Comments Add Comment

आर्मीलाई सामसुङ मोबाइलको साथ

Amry-And-Samsung

२१ असोज, काठमाडौं । त्रिभुवन आर्मी क्लबको फुटबल टीमलाई सामसुङ मोबाइलले प्रयोजन गरेको छ । एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ भने जर्सी पनि सार्वजनिक गरिएको छ ।

करिब २० लाख बराबरको सम्झौता भएको नेपाली सेनाले जनाएको छ । प्रायोजन सम्झौता-पत्र सैनिक तालिम तथा डक्टि्रन महानिर्देशक उपरथी राजेन्द्र बहादुर कार्की र नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोविलिटी सोलुसनका प्रमुख दिपक मलहोत्राले हस्ताक्षर गरेका छन् ।

भदौ १५ गतेदेखि नै लागू हुने गरी भएको सम्झौता अनुसार अब आर्मीको पुरुष फुटबल टिमको जर्सीमा सामसुङ मोबाइलको लोगो हुनेछ भने खेलाडीहरुका लागि आवश्यक सम्पूर्ण खेल पोशाक तथा खेल सामाग्रीहरु आईएमएसले उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment