Comments Add Comment

बिहीबारको टप १० समाचारः तेल दिन चीन तयारदेखि एमालेको चारबुँदे पत्रसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. बेइजिङबाट नेपाली राजदूत भन्छन्: तेल दिन चीन तयार छ 

भारतको नाकाबन्दीले देशभरको जनजीवन अस्तव्यस्त पारिसक्दा पनि उत्तरी छिमेकी चीनबाट इन्धन आपूर्तिको पहल गर्न चौतर्फीरुपमा उठेका आवाजहरुलाई सरकारले नसुनेझैं गरिरहेको छ । बरु आयल निगमलाई १५ दिनका लागि भन्दै ग्लोबल टेण्डर खोल्न लगाइएको छ ।

२. प्रचण्ड : ‘हिरो’ बन्ने कि केपी ओलीको कार्यकर्ता ?

प्रचण्डले आफूलाई हिरो बनाउने हो भने अहिले पनि ठाउँ सकिएको छैन । अहिले पनि प्रचण्डले निराश भइहाल्नुपर्ने स्थिति छैन । आफूलाई हिरो बनाउने हो भने प्रचण्डले गर्नुपर्ने केही काम बाँकी छन्

३. नेपाल एयरलाइन्सले कोलकाताबाट ६६ टन हवाई इन्धन ल्यायो 

नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकाताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ । बढी भन्दा बढी यात्रुलाई सेवा दिन चार्टर गरी हवाई इन्धन ल्याएको निगमले जनाएको छ ।

४. ओलीलाई समर्थन माग्दै दलहरुलाई एमालेले चारबुँदे पत्र

एमाले नेताहरु बिहीबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेर भोट माग्न सुरु गरेका थिए । त्यसपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई भेटेको एमाले जम्बो टोली साँझ एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेको थियो ।

५. कांग्रेस आफ्नै नेतृत्वको सरकारको पक्षमा, प्रधानमन्त्रीमा तीन नेताको दाबी 

बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला प्रमुख दलहरुबीच भएको भनिएको भद्र सहमतिलाई अफवाह भनेका छन् ।कोइरालाले सरकार गठनबारे दुई विकल्प प्रस्तुत गरे ।

६. राजेन्द्र महतो पत्नीले भनिन्- हाम्रो घरमा कसैले ढुंगा हानेको छैन 

पूर्वसभामुख तारानाथ रानाभाटको नेतृत्वमा रहेको पूर्वसांसद क्लवले नयाँ बानेश्वरको इन्द्रेणी होटलमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको थियो ।त्यहाँ तमलोपाका केन्द्रीय सदस्य दीपेन्द्र मिश्रले सबैका सामुन्नेमा भने- ‘राजेन्द्र महतोको भीमसेनगोलास्थित घरमा आक्रमण भयो ।’

७. पशुपतिमा मोदीको क्षमापूजा’ : महजोडीदेखि लीलामणिसम्म 

Modi-Chyama-Pooja Aa Pashupati (9)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुप धारण गरेर पशुपति मन्दिरमा हास्य कलाकार मनोज गजुरेलले एकाबिहानै जात्रा देखाए । नेपाललाई नाकाबन्दी गरेर पाप गरेको भन्दै ‘पापमोचन’ गराउन विहीबार बिहान नक्कली मोदी बनेर गजुरेल पशुपतिमा पुगेका थिए ।

८. दक्षिणले तेल दिएन भनेर उत्तरबाट ल्याउन हुन्नः पोखरेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले एउटै भाषा र सस्कृति भएको देशसँग आवेशमा आएर ‘टिट फर ट्याट’ को व्यवहार गर्न नहुने बताएका छन् ।उनले भावनामा बगेर मात्रै धेरै दिन टिक्न नसकिने बताए ।

 ९. नकाबन्दीपछि काठमाडौंमा कति तेल आयो ?

नेपालमा जारी भएको नयाँ संविधानलाई लिएर असन्तुष्ट भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको १६ दिनमा भएको छ । यस अवधिमा भारतले कुनैदिन केही पेट्रोलियम ट्यांकर छोड्ने गरेको छ भने कहिले एउटै नछोडेर नेपालको आपूर्ति प्रणालीलाई चुनौति दिइरहेको छ । 

१०. सेक्ससँग फिटनेशको सम्बन्ध छैन: सबिन श्रेष्ठ

तीन दर्जन बढी चलचित्रमा अभिनय गरेका नायक सबिन श्रेष्ठ फिगर मेन्टेन गर्ने नायकका रुपमा चिनिन्छन् । प्रेमकथा र एक्सन चलचित्रमा जमेका यी नायक आफ्नो शरिरको निकै ख्याल गर्छन् ।

र, यो पनि

चार वर्षको बच्चा गर्भवती ! पेटबाट निकालियो भ्रुण

बच्चाको पेटबाट मानव भ्रुण निकालिएको घटनाले सबैलाई अचम्मित तुल्याएको छ । भारतको पश्चिम बंगालस्ति मिदनापूरमा एक चार वर्षीय बच्चाको पेटबाट डाक्टरहरुले मृत भ्रुण निकालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment