Comments Add Comment

आयरल्याण्डले जर्मनीलाई हरायो, युरो कपको सम्भावना कायमै

Republic of Ireland

२२ असोज, काठमाडौं । युरो कप छनोटमा रिपब्लिक अफ आयरल्याण्डले विश्व विजेता जर्मनीलाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मनीलाई १-० ले पराजित गर्दै आयरल्ल्याण्डले छनोटको सम्भावना कायमै राखेको छ । उसका लागि सब्स्टिच्युटको रुपमा मैदान प्रवेश गरेका शेन लङले ७० औं मिनेटमा गोल गरे ।

घरेलु मैदानमा हात पारेको शानदार जितपछि पनि रिपब्लिक अफ आयरल्याण्ड समूह डीको तेस्रो स्थानमा छ ।
तर, शीर्ष टीमभन्दा एक अंकले मात्र पछाडि छ । अन्तिम खेल खेल्नुअघि जर्मनीको १९ अंक छ भने पोल्याण्डको १८ र रिपब्लिक अफ आयरल्याण्डको पनि समान १८ अंक नै छ ।

अब अन्तिम खेलमा रिपब्लिक अफ आयरल्याण्डले बलियो टोली पोल्याण्डको सामना गर्नु पर्नेछ । विजेता टोली सिधै छनोट हुनेछ । हारले भने युरो कप छनोटका लागि प्ले अफ खेल्नु पर्ने हुनेछ ।

बराबरी खेलेको अवस्थामा भने गोलमा भरपर्छ । यदि गोलरहित बराबरी भएमा पोल्याण्ड अवे गोल अन्तरका आधारमा छनोट हुनेछ । १-१ को बराबरीले हेड टु हेड हुनेछ तर, दुई टीमको गोल अन्तरका आधारमा पोल्याण्डले नै बाजी मार्नेछ ।

यदि २-२ वा योभन्दा बढी गोलले बराबरी भएमा भने अवे गोल अन्तरमा रिपब्लिक अफ आयरल्याण्ड अगाडि रहन्छ र युरो कपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment