Comments Add Comment

खाडीका एनअारएन भन्छन्– घलेको नेतृत्वले एनआरएनको उचाइ बढायो

दोहा । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन हुने मिति नजिकै आईपुग्दा विदेशमा बस्ने नेपालीहरुमा एक किसिमको तरंग छाएको छ । नेतृत्वको बिषय होस् वा क्षेत्रको । यहाँ सबैले आफ्नो मत जाहेर गरिरहेका छन् । प्रशस्त प्रतिबद्धता र नेतृत्वका लागि विभिन्न चलखेल शुरु भईरहेको बुझ्न सकिन्छ । विश्व सम्मेलन नजिकिदै गर्दा राजनीतीक चलखेल र आर्थिकले समेत उत्तिकै महत्व दिने गरेको ईतिहास छ । नागरिताको विषयदेखि खाडीका एनआरएनहरु भ्ाोटर बैंकको विषयले उत्तिकै चर्चा पायो ।

आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका वर्तमान अध्यक्ष शेष घलेको पुनः नेतृत्व लिने चाहाना र यसपटक खाडी मुलुकबाट नेतृत्व पाउनुपर्ने सन्दर्भलाई महत्वका साथ हेरिएको छ । यसै विषयमा खाडी मुलुक कतारमा कार्यरत नेपालीहरुले विश्व सम्मेलनको पूर्वसन्ध्यामा के अपेक्षा गरिरहेका छन ।

अहिलेको कार्यकाललाई कसरी मुल्याङकन गरिरहेका छन् प्रवासीहरु र अव आउने नेतृत्वको बारेमा के भन्छन् ?

घनश्याम पराजुली (कृष्ण) खाडीमा रहेका गैरअावासीय नेपालीसँग लिएकाे जनमत ः  

सामुहिक लगानीको अवधारणालाई कार्यान्वयन गर्न सक्ने नेतृत्व

दिलकिरण खजुम लिम्वु, पञ्चकन्या २ तेह्रथुम

1-Dil Kiran Khajumआज भन्दा १२ वर्ष अगाडी विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले प्रवासमा नेपालीहरुलाई संस्थागत रुपमा संगठित गराउने उद्देेश्यले नेपालीका लागि नेपाली भन्ने मुल नाराकासहित समृद्ध नेपालको परिकल्पनाका साथ एनआरएनएको स्थापना भएको हो । अहिले संघको सातौं विश्व सम्मेलन काठमाडौंमा हुन गईरहेको छ । विगतका वर्षको विश्व सम्मेलनमा देशमा अस्थिरता, संक्रमणकालको अवस्थामा हुन्थ्यो भने यो सातौं विश्व सम्मेलन अत्यन्तै पृथक अवस्थामा सम्पन्न हुन गईरहेको छ । यतिखेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भईसकेको छ ।

मुलुकले संक्रमणकालबाट पार गरेर समृद्ध नेपाल निर्माणको ढोका खुलिसकेको अवस्था छ । कमसेकम मुख्य राजनीतिक शक्तिहरुकोबीचमा संविधान जारी गर्दासम्म आईपुग्दा एक ठाउामा उभिएका छन् । यो आफैंमा सकारात्मक पक्ष हो यस्तो अवस्थामा मुलुकभित्र सुरक्षित लगानीको वातावरण निर्माण गर्न सकिने आधार स्तम्भहरु तयार भएका छन् । गत वैशाख १२ गते गएको महाभूकम्पवाट मुलुक क्षतविक्षत भएको छ । यो विश्व सम्मेलनमा देश पुनर्निर्माणको एजेण्डालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । अव साँच्ची कै एनआरएनहरु मातृभूमीको समृद्धको लागि नारामा मात्र सीमित छैनन् भन्ने कुरालाई स्थापित गरेर जान सक्नु पर्छ ।

वर्तमान एनआरएनको नेतृत्वले महाभूकम्पमा जुन किसिमको भूमिका निर्वाह गर्‍यो त्यो सह्रानिय कार्य गरेको छ । त्यसले एनआरएनको उचाईलाई माथि उठाएको छ । एनआरएनए संस्थाप्रति आम नेपालीको आशा र भरोसा जागेको अवस्था छ । त्यसैले अबको नेतृत्व सातौं विश्व सम्मेलनले मार्गनिर्देश गरेका कार्यभारहरु पुरा गर्न सक्ने हुनुपर्छ । तर कोही व्यक्ति खाली नाम, पद र प्रतिष्ठाका लागि मात्र नेतृत्व गर्छु भनेर आएको हो भने त्यस्तो खालको नेतृत्वले यी कार्यभारहरु पुरा गर्न सक्दैन । त्यसैले सवै प्रतिनिधिहरुले विवेक पुर्‍याएर भावी नेतृत्वको छनौट गर्न सक्नुपर्छ ।

एनआरएन अभियानलाई सफल वनाउनको लागि यसका परिकल्पनाकार, संस्थापकहरुलाई साथैमा लिएर अगाडी वढ्नु पर्छ । खास गरेर यो कार्यकालमा संस्थापकहरुवाट केहि त्यस्ता गुनासोहरु पनि सुनियो । किनभने अहिले विश्वको ७१ मुलुकमा एनआरएनएको जुन सञ्जाल छ त्यसको श्रेय अवश्य पनि परिकल्पनाकारहरुलाई जान्छ नै । आज एक ठाउको नेपालीलाई दुख्यो भने अर्काे ठाउको नेपालीले सहयोग गर्ने खास गरी एउटा पुलको रुपमा काम गरेको छ । भावी नेतृत्वले खास गरेर २ वटा कार्यसुचीलाई प्राथमिकतामा राखोस । पहिलो त पुर्ननिर्माणलाई पहिलो प्राथमिकतामा राख्नै पर्छ र दोश्रो सुरक्षित लगानीको वातावरण र सामुहिक लगानीको अवधारणलाई मुर्त रुप दिनु पर्छ । खास गरेर निम्न आयआर्जन भएका जो खाडी मुलुकमा कार्यरत छन उनीहरु २ दशक भन्दा लामो समय सम्म काम गरेर पनि खासै उपलव्धीविना फर्किन्छन् । ती एनआरएनहरुको हकमा न्युनतम आयआर्जन भएका एनआरएनहरुलाई लक्षित गरी सामुहिक लगानीको अवधारणालाई कार्यन्वयन गर्ने ठोस नीति र कार्यक्रम ल्याउनु पर्छ । जसले गर्दा मुलुक फर्केर गएपछि उ आफैं स्वावलम्वी बन्न सकोस यसमा अवको नेतृत्वले ध्यान दिनैपर्छ ।

एनआरएनए श्रमिकमैत्री बन्नु पर्छ

बिल गुरुङ्ग पोखरा-७ काँस्की

2- Bil Gurungविश्वभरि छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको सातौं बिश्व सम्मेलनको संघारमा छौं । बिभिन्न उद्धेश्यले बिदेसिएका नेपालीहरुको बिचमा एक आपसमा सहयोग आदन प्रदान गर्ने र मातृभूमि प्रतिको लगावलाई अझ उच्च बनाउने पवित्र उद्धेश्यका साथ स्थापना भएको गैर नाफामुलक, गैरराजनितिक, बिशुद्ध सामाजिक संस्था गैर आवासीय नेपाली संघ हो । यस संस्थाले बिश्वभरी आफ्ना साझा संस्थाको रुपमा ७१ मुलुकमा राष्ट्रिय समन्वय परिषदहरुको गठन गरी सकेको छ ।

प्रत्येक दुई वर्षमा एक पटक आयोजना गरिने बिश्व सम्मेलनको आफनै महत्व छ । बिशेष त नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजना हो यो बिश्व सम्मेलन । बिश्व भरि छरिएर रहेका नेपालीहरुको सहभागिता रहने सम्मेलनबाट बिदेश तथा स्वदेशका आम नेपालीहरुले धेरै अपेक्षा गरेका हुन्छन् ।

बिशेषत नेपाल सरकार नै मुख्य आयोजकहरु मध्येको एक भएकोले प्रबासीएका नेपालीहरुलाई राष्ट्र निर्माणमा कसरी सहभागी गराउन सकिन्छ, के कस्ता निति निर्माण गर्नुपर्ने हुन्छ, हालसम्म के कति उपलब्धिहरु भए भन्ने खालका विषयमा विचार विमर्श र समीक्षा पनि हुने भएकोले यस सम्मेलनको आफनै महत्व छ । त्यसैगरी निजी क्षेत्रसँगको सहकार्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने वारेमा नेपाल उद्योग वाणिज्य महासंघ संलग्न सम्मेलनबाट धेरै अपेक्षा गरिदै आएका छौं । विशेष गरी यस सम्मेलनले निति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा भने गर्न सकिन्छ । साथै यो सम्मेलनका साथै एनआरएनएको महाधिवेशन समेत भएकोले आगामी दुई वर्षको लागि सवल र सक्षम नयाँ नेतृत्व चयन हुने अपेक्षा पनि गरेका छौं ।

छोटकरीमा भन्नुपर्दा एनआरएनए आईसीसीका वर्तमान अध्यक्ष शेष घलेको दुई वर्षे कार्यकाल उत्साहजनक रहनुका साथै एनआरएनएको उचाईलाई निकैमाथि पुर्याएको मान्दछु । शेष घले धनको धनी मात्रै नभएर मनको पनि धनि रहेछन् भन्ने प्रमाणित गरेका छन् । एनआरएनए वास्तवमा नै हाम्रो मातृभूमि नेपालको हरेक अवस्थाको सच्चा साझेदार हो भन्ने प्रमाणित भएको छ । मुलुक र मुलुकवासीलाई दुखेको समय कुनै पनि नेपाली चुप लागेर बस्दैनन्, बिभिन्न कारणले बिदेसिएका नेपालीहरु बास्तवमा नै नेपाल वारे हर हमेसा चिन्तन मनन गर्ने गर्छन् भन्ने प्रमाणीत भएको छ । अरु धेरै कुराहरु छन जसले शेष घलेको दुई वर्षे कार्यकाल सफल भन्न सकिन्छ । एनआरएनए एउटा संस्था भएकोले टिममा भएका सदस्यहरुको पनि महत्वपूर्ण भूमिका रहन्छ । नेपालीहरु भएको हरेक देशमा शेष घले स्वयं पुगेर संस्थागत पहल कदमी र टिमका सदस्यहरुको सहयोगले भरोसा लाग्दो कामहरु भएका छन । त्यसैले अध्यक्ष भएका कारण शेष घलेको नाम अगाडी आउनु स्वभाविक नै हो तर यसमा टिमका सदस्यहरुको पनि त्यति कै योगदान छ भन्ने भुलियो भने गलत हुनेछ ।

शेष घलेको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले जुन काम गरेर आम नेपालीको मन जितेको छ यसलाई कायम राख्न अरु मेहनतका साथ काम गर्ने टिमको जरुरी पर्दछ । त्यसैले आउने दुई वर्षको लागि नयाँ कार्यसमिति अरु जुझारु र सक्षम हुनु पर्छ । शेष घलेको दुई वर्षे कार्यकालले एनआरएनए प्रति मानिसहरु आकषिर्त भएका छन भने एनआरएनएले मुलुक र मुलुकवासीको अपेक्षा पनि बढाई दिएको छ । अध्यक्ष घलेले फेरी अर्को कार्यकालको लागि नेतृत्व लिन ईच्छुक भएको घोषणा गरि सकेकाछन । आईसीसीको बिधानले एउटा ब्यक्तिले दुई कार्यकाल मात्रै नेतृत्व गर्न सक्ने ब्यवस्था गरेको छ । यसले गर्दा पनि शेष घलेको उक्त ईच्छालाई सबैले सहयोग गर्नु पर्छ भन्ने मेरो आग्रह रहन्छ । आफनो ब्यापार ब्यवसायलाई एकातिर पन्छाएर समाजको लागि दिलो ज्यान दिएर लाग्ने ब्यक्ति निकै कम हुन्छन । दुई वर्षमा शुरु भएका कार्यहरुलाई पुर्णता दिन र नयाँ योजनाहरुको तर्जुमा गर्न पनि सबैले शेष घलेलाई सहयोग गर्नु आजको आवश्यकता देखेको छु ।

एनआरएनए बिश्व भरि छरिएर रहेका नेपालीहरुको साझा संस्था भएकोले सबैको भावना समेटेर अगाडि बढनु पर्छ । साझा संस्था भएर पनि पछिल्लो चरणमा यो संस्थामा राजनितिक पार्टीका कार्यकर्ताहरुको चलखेल निकै बढेको महसुस हुन्छ । त्यसैको फलस्वरुप बिभिन्न एनसीसीहरुमा नेतृत्व चयनमा निकै ब्यवधानहरु पनि देखियो । राजनितिक बिचार आफनो ठाउँमा छ तर एनआरएनए भित्र आई सकेपछि केबल एनआरएन भएर काम गर्ने वातवरणको ब्यवस्था गर्नुपर्ने टडकारो आवश्यकता देखिएको छ ।

महाभूकम्प लगायत मुलुकमा आएका दैविप्रकोपमा परेका नेपालीहरुको सहयोगमा जसरी एनआरएनहरु दत्तचित्त भएर लागे त्यसलाई सम्मान गर्नु पर्छ । आउने नेतृत्वले बर्तमान कार्यसमितिले थालनी गरेका कार्यहरुलाई पुर्णता दिनुपर्छ भने नयाँ कार्ययोजना पनि जनहितकारी हुनु अति आवश्यक छ । बिशेषतः खाडी मुलुक लगायतमा कार्यरत श्रमजिवी नेपालीहरुको पक्षमा यस संस्थालाई उभ्याउन अति आवश्यक भएको छ । नेपाल सरकारको एनआरएन सम्बन्धि ऐन अनुसार सबैभन्दा धेरै एनआरएनहरु रहेको खाडी लगायतमा श्रम गर्ने नेपालीहरुका तमाम समस्यहरुलाई सम्बोधन गर्न एनआरएनएले ढिला गर्नु हुदैन ।

बैदेशिक रोजगारमा आएका नेपालीहरुका समस्याहरु बिकराल छन । ति समस्याहरुको उचित समाधानको उपायको खोजी गरिनु पर्छ । बिशेषत हामीमा शिक्षाको कमि रहेको छ । खाडी लगायतका देशहरुमा श्रम गर्न जाने नेपालीहरुको लागि चेतनामुलक कार्यक्रमहरुको आयोजना गर्नुपर्छ । बचत गर्ने बानी बसाल्दै स-साना पुँजीलाई एकतृत गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरणको श्रृजना गर्न एनआरएनएले पहल गर्नुपर्छ । अबको एनआरएनए श्रमिकमैत्री बन्नु पर्छ ।

घलेकोे कार्यकालले एनआरएनको उचाई बढायो

सन्तोष दंगाल निजगढ-८ बारा

3- Santosh Dangalगैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै छ । खाडी मुलुक कतारमा काम गर्ने एक एनआरएनको तर्फबाट सर्वप्रथम त यस सम्मेलनको शुभकामना दिन चाहन्छु । एनआरएनको मुद्धाका कतिपय विषयमा नेपालको संबिधान २०७२ सम्बोधन गरेको छ । एक किसिमले भन्नि हो भने एनआरएन ले आˆनो औचित्य पुरा गरेको अवस्था हो ।

तथापी संस्थालाई अव कसरी अगाडि बढाउने र बाँकी रहेका काम कसरी सम्मन गर्ने भन्ने विषयमा अब आउने नेतृत्वले सोच्नुपर्ने हुन्छ । त्यो अवसर र चुनौतीको विषय हो । हिजोका दिनका उपलब्धिहरुलाई देखेर नेतृत्व लिन चाहानेहरुले संस्थाको मर्मलाई अंगिकार गर्न सक्छन जस्तो लाग्दैन । विश्वभरी छरिएर रहेका नेपालीहरुको साझाँ सँस्थाको रुपमा स्थापना भएको यस संस्थामा राजनीतीले धमिलो बनाउनु हुदैन भन्ने मान्यता राख्नुपर्छ तर कतारको एनसीसीमा धमिलो मात्रै हैन यसलाई राजनीति हस्तक्षेपका कारण खैलाबैला मच्चिएको ज्वलन्त उदाहरण देख्न सकिन्छ । यो सुधारिनु पर्छ ।

यहाँबाट आइसीसीका लागि उम्मेदवारी दिएका व्यक्तिहरुले नै राजनीतीक हस्तक्षप लगाइतका गतिबिधिहरु गरेको हामी माझ लुक्न सकेको छैन । तथापी भोलिका दिनमा आईसीसीमा त्यस्तो अवस्थाको सृजना न होस् भन्ने हाम्रा सदाको चाहानलाई यो विश्व सम्मेलनले पूरा गर्नेछ ।

मध्यपूर्व क्षेत्रलाई सोच्ने हो भने सााच्चै हामीलाई भोटरको रुपमा प्रयोग गरिएको भने पक्कै हो । हाम्रो माग नगरिता होइन हामीले यो संस्थामा आवद्ध हुँदै गर्दा समाजको रुपान्तरण र श्रमजिबी नेपालीहरुको हकहितमा केहि गर्न सक्छौ भन्ने हो । अब मध्यपूर्वले यो कुरालाई जोड दाररुपले उठाउन पर्ने दिन आएको छ । शेष घलेकोे २ बर्षे कार्यकाललाई फर्केर हेर्ने हो भने संस्थाको एक नयाँ उचाई र सफलता मिलेको मान्न सकिन्छ । घलेको यो कार्यकालले सच्चै यो सस्था गैरआवासीय नेपालीहरुको संस्था मात्र होईन, हामी आˆनो मागको लागी मात्र लडेको छैनौ, हामी यो सस्थाबाट समाज र देशलाई नै केहि सहयोग र भरोसा दीन सक्छौ भन्ने सकरात्मक संदेश दिन सकेको महशुस भएको छ ।

उनको कार्यशैलीको प्रशंसा गर्दैगर्दा अव संस्थाले कतीपय काम गर्न बाँकी नै रहेको अवस्थामा उनको नेतृत्व नचाहने कमै होलान । हामी पनि प्रायः खाडीमा बस्नेहरुको चाहाना पनी त्यही हो । संस्थालाई गति दिन शेष घलेको अरु एक कार्यकाल आवश्यक छ । संस्थामा नेतृत्व गर्नु ठुलो कुरा हैन तर यसलाई कसरी हाक्ने भन्ने मुलभुत कुरा हो । तसर्थ संस्था सबैको साझा बनोस्, हामी जहाँ रहे पनि एकजुट बन्न सकौ । खाडीका समस्या हेर्ने आखाँहरु अझै चम्किला भएर आउन भन्दै उम्मेदवारी घोषणाका रंगिन काजगमा छापिएका प्रतिबद्धता भन्दा बास्तविक र उपयोगीमुलक प्रतिबद्धालाई ध्यान दिउ । अनी कार्यान्वयनका लागि दबाब पनि ।

नयाँ शिराबाट संस्था अघि बढाउने नेतृत्व चाहियो

नन्दप्रसाद ढुङ्गाना, नयागाउँ २ काभ्रे

4- Nanda prasad Dhunganaइतिहास अध्ययन गर्न धेरै सजिलो छ तर इतिहासबाट भबिश्यको परिकल्पना गर्दै सम्बृद र विकासको नयँा आयाम कोर्ने दुरदर्शी व्यक्ति एकाध मात्र भेटिन्छ । आज प्रवासमा रहेका नेपाली जनसमुदायलाई एकताबद्ध गर्ने महान सोचका अनुरुप एनआरएनए सस्था स्थापना गर्नु हुने आदरणीय उपेन्ऽ महत्वो ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

आजका एनआरएनको नेतृत्व हाक्ने व्यक्तिहरुले सस्थालाई राजनीतिक प्रहर गर्दै बिभिन्न शक्ति प्रदर्शनको रुपमा परिचालन गर्न खोज्ने जुन कुदृस्टी प्रयोगमा ल्याए जसले सामाजिक अभियन्तालाई भने बाहिरिन बाध्य बनाएको इतिहास हाम्रो सामु अझै जीवित छ । जसमध्यको एक पात्र म स्वयम् हुा । अन्तिम समयमा कतारमा हुन् गरिरहेको निर्बाचनमा मैले साझा उम्मेदवारीको रुपमा महासचिब पदका निम्ति उम्मेदवारी दर्ता गराएको थियो तर अपसोच यहाका राजनीतिक पार्टीका बाबजुत म बाहिरिन बाध्य हुनु पर्यो ।

एनआरएनए मा २ बर्षे सफल कार्यकाल बिताउनु हुने आदरणीय शेष घले ज्यु प्रति हार्दिक धन्यबाद व्यक्त गर्दछु । इतिहास रच्ने इतिहासकार उपेन्द्र महतोले सस्थाको स्थापना गरे । तर राजनीतिक बिभाजनका बाबजुत अस्ताउन लागेको सस्थालाई फरक ढंगबाट अगाडि बढाउनुका साथै कयौं सामाजिक, मानबिय, आर्थिक र भौतिक रुपमा नयाा उचाईमा पुर्याउने निबर्तमान अध्क्षय शेष घले स्थापनाकालदेखि आजसम्मको एनआरएनएको इतिहासमा नेतृत्व बर्गका सर्बश्रेष्ठ व्यक्तिको रुपमा बुझ्दछु ।

अबको नयाा नेतृत्व चयन गर्ने शिलसिलामा सम्भवतः सर्बसम्मत रुपमा पुनः एक कार्यकाल घलेलाई नै दिनु हामी सम्पूर्णको कर्तब्य एबम दायित्व हुनेछ किनकि पुनर्निर्माण लगायत एनआरएनए भबन निर्माणमा बााकी रहेका कार्यहरु पुरा गर्नु आजको पहिलो आवश्यकता हो भन्ने मेरो बुझाई छ । एनआरएनए अभियानलाई अझै उचाईमा लैजानका निम्ति प्रवासमा रहेका सक्षम, सामाजिक अभियन्ता, निष्ठावान र राष्ट्रिय चिन्तनको व्यक्तिलाई पहिचान गर्दै सस्थामा आवद्द गर्नुका साथै सम्बृद राष्ट्र निर्माणमा योगदान पुर्याउन सम्पूर्णमा आग्रह गर्दछु ।

बिभिन्न देशबाट सुरु भएको एनआरएनए भित्रको बैचारिक फोहोरी खेलको अन्त्य होस् र अब पनि स्थानीय तबर देखि केन्ऽीय तहसम्म राजनीतिक खेललाई प्रसय दिएमा संस्थाको बिघटन नहोला भन्न सकिन्न । त्यसैले नयाा शिराबाट सस्थालाई अगाडि बढाउन मानबिय, सामाजिक, आर्थिक लगायतका राष्ट्रिय स्थरका कार्ययोजना ल्याउदै सम्पूर्ण प्रबासी नेपालीहरुलाई देशमा रहन सक्ने बाताबरण सिर्जना गराउनका लागि अबको नयाा नेतृत्व पंक्तिलाई हार्दिक अनुरोध गर्दछु।

हाम्रो भन्दा राम्रो रोजौं

दिपेन्द्र ढकाल बुटबल १३, रुपन्देही

5-Dipendra Dhakalसर्बप्रथम त म मेरो ब्याक्तिगत कुरा र कतार बसाईको हैसियतमा हामी कतारबासी ५ लाख नेपाली गैरआवासीय नेपाली होईनौं । तैपनि यस संस्थासाग केही अपेक्षा गरेका कारण आबद्ध हुन पुगियो । यस संस्थाको बिश्वसम्मेलन नजिकदै गर्दा र यसमा नेतृत्वको पनि चयन हुने सवालमा मेरो एऊटै कुरा छ, हाम्रो भन्दा पनि राम्रो रोजौ ।

आजसम्मका नेतृत्वहरूले जहीले पनि खाडीका ब्याक्तिलाई यूरोपका भन्दा पनि ठुला गैरआवसीय जस्तो मान्छन्, त्यो कारण मात्र भोटको लागि हो भन्ने बुझाई छ । आजसम्म कुनै नेतृत्वले खाडीका ब्याक्तिलाई हित हुने काम गरेको जस्तो लाग्दैन र मेरो अपेक्षा भनेको खाडीमा रोजगारमा आएका धेरै यूवा विना कसूर बर्षौ बर्षसम्म जेलजीवन बिताऊन बाध्यछन तिनिहरूलाई गैरआवसीय संघ आफैले केही गर्न सक्दैन तर पनि नेपाल परराष्ट्र मन्त्रालय तथा नेपालस्थित खाडीका दुताबासमार्फत पहल गरेर सम्बन्धित देशमा रहेको नेपाली दुताबासमार्फÞत पीडितलाई न्याय दिलाऊन सक्ने कि नसक्ने ?

यस्ता काम गर्न नसक्ने हो भने खाडीमा रहेका नेपालीलाई किन चाहियो गैरआवासीय नेपाली संघ ? त्यसकारण खाडÞी मुलुकबाट पनि प्रतिनिधित्व गर्ने खुट्टा नकमाऊने नेतृत्व को खाँचों छ, यो निर्बाचन हो हार जित हुन्छ जो आए पनि सफल टिम बनोस । मेरो आˆनो एऊटा अमुल्य मत खेर जान दिने छैन । जो आए पनि मतको अपमान नहोस् आशामा तुषारापात नहोस् ।

संसारभरका नेपालीलाई एकतृत गरौं

सन्जीब रानाभाट, बिजयपुर- कास्की

6- Sanjeeb Ranabhatगैरआवासीय नेपालीहरुले फेरि आठौं कार्यकालको लागि गैरआवासीय नेपाली संघको प्रतिनिधिलाई चुन्ने अवसर नजिकिदै गइरहेको छ । यही अक्टोबर १४ तारिखदेखि काठमाडौंमा हुने सातौ बिश्व सम्मेलनले नयाँ र केही पुरानो अनुहारलाई फेरि कार्यकाल समाल्लने अड्कलबाजी चलिरहेको छ । निबर्तमन अध्यक्ष शेष घलेले आˆनो कार्यकालको समयमा नेपालमा आएको बिनाशकारी महाभूकम्पमा पदाधिकारीहरुले राहत प्रदान गरेको योगदान नेपाल र नेपालीको लागि अवगत नै छ ।

त्यस्तै संस्थाको आˆनै भवन निर्माण गर्ने कार्य अन्तिम अवस्थामा, बैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना भई संचालनको तयारीमा छ । अनि भर्खरै जारी भएको संविधानमार्फत् गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकता प्राप्तिका लागि पनि ठुलो उपलब्धै नै मन्नुपर्छ । भूकम्प प्रभावित गाउँहरुमा स्थायी आवास निर्माण लागि संघले सरकारसँग प्रस्ताव पेश गरे अनुरुप पाँचवटा जिल्लामा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकारले गैरआवासीय नेपाली संघले अनुमति पएको छ ।

अबको नयाँ निबार्चित प्रतिनिधिहरुले व्यक्तिगत स्वार्थलाई भुलेर संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको शक्तिलाई एकीकृत गर्दै एनआरएनलाई अझै बिश्वासिलो र भरोसायोग्य बनाउदै ‘नेपालीका लागि नेपाली’ भन्ने नारालाई सार्थक बनाउने लक्ष्य सहित राष्ट्र पुनःनिर्माणमा अघी बढ्नु उचित हुन्छ, सबै अपुरा कामहरुलाई अव आउने नेतृत्वले निरन्तता साथ अघी बढाउनु पर्ने सुझाव दिन चाहान्छु । एनआरएनएलाई हाक्न सक्ने व्यक्तीले ईतिहासलाई मनन गर्ने हो गर्व हैन । त्यसैले गरिएका कामहरुलाई हेरेर नेतृत्व दाबी गर्नु भन्दा भविश्यमा संस्थालाई कसरी उच्च स्थानमा पुर्याउने भन्ने विषयमा सोच्न सक्ने क्षमतावान व्यक्तिको खाँचो छ ।

संस्था स्थापना भएर लामो समय विताईसकेको अवस्थामा यसलाई निरन्तरताका लागी विभिन्न चुनौतीको सामना गर्नु छ । व्यक्तिगत स्वार्थपुर्तीका लागी संस्थाको नेतृत्वमा आउने चाहानालाई सबैले खरदारी गर्नु पर्छ । खाडीका समस्या हेरिनुपर्छ । यहाँ हामी एनआरएनएमा लागेर उपलब्धीको खोजिमा भन्दा पनि देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने आशामा छौ । तसर्थ नेतृत्व चयन प्रक्रियामा योगदानको कदर र सक्षमताको कदर होस भन्न चाहन्छु ।

शेष घलेको नेतृत्वबाट सारा नेपाली आभारी छन्

सुमित्रा लामिछाने ककनी- ३ नुवाकोट

7 -Sumitra lamichanniखाडी मुलुकमा काम गर्ने सम्पूर्ण नेपालीको जिबनको सुरक्षा गर्नको लागि दुखी र समस्यामा परेका नेपाली कामदारहरुको आधार बलियो बनाउनलाई अब आउने कार्य समितिले बिषेश काम गर्नुपर्ने देखिन्छ । गैरआवासीय नेपाली संघको वर्तमान कार्यसमिति र विशेषगरी शेष घलेको नेतृत्वलाई हामीले मात्र हैन सारा नेपालीले आभार प्रकट गर्नुपर्छ । किनभने प्रवासमा रहेर पनी देशको विपतका बेलामा एकजुट भएर सहयोगमा जुट्ने महान काम सम्पन्न भएको छ ।

देशका दुर्गम गाउँ गाउँमा एनआरएनए पुग्न सफल भएको छ । कार्यकाल यतिकै गफ गरेर मात्रै सफल हुदैन । सबैले देख्नु पुर्छ , महशुस गर्न सक्नुपर्छ, त्यो नै सफलता हो । यसलाई बोलेर वा व्यक्त गरेर प्रस्तुत गरिरहनु पर्दैन यो स्वतः देखिने कुरा हो ।

संस्थाका धेरै महत्वपुर्ण कार्यहरु सम्पन्न भएता पनि अव अझै चुनौती र महत्वपूर्ण कामका लागि सफल र सक्षम नेतृत्व आवश्यक छ । हिजो शेष घलेले गरेका कामलाई भाषणमा प्रस्तुत गर्नु ठुलो कुरा भएन । संस्थाको मुल मान्यतालाई आत्मसाथ गर्दै गैरराजनितीक तबरले अघि बढ्न सक्ने नेतृत्व आओस् भन्ने हामी खाडीका एनआरएनहरुको अपेक्षा हो । अव आउने नेतृत्व खाडी केन्दि्रत हुनुपर्छ चाहे त्यो नेतृत्व यूरोप अमेरिकाबाट नै किन नहोस् । आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाउदै अभियानमा जुट्नका लागि सबैलाई समेट्न जरुरी छ ।

खाडीमा काम गर्ने नेपालीहरुको कदर होस । उनीहरु पनी संस्थामा काम गरिरहेका छन । पसिनाले कमाएको एकदुई रुपैया नै किननहोस अभियानमा साथ दिईरहेका छन । त्यसको मतलब खाडीले नै नेतृत्व गनुपर्छ भन्ने हैन तर खाडीमा पनी सक्षम नेतृत्व गर्ने सक्ने व्यक्तिहरु छन् तिनीहरुको खोजी होस् । यहाँ पनि त्यो क्षमतावान नेतृत्व गर्न सक्ने व्यक्तित्वहरु छन् । विश्व सम्मेलनको शुभकामनासहित सक्षम नेतृत्वको अपेक्षा गर्दछु ।

खाडीले पनि एक पटक नेतृत्व पाउनु पर्छ

भूमिराज कार्की भरपुर- १२ चितवन

8- Bhumiraj karkiएनआरएनए भनेको विभिन्न देशमा रहेका नेपालीहरुको साझाँ सस्थाको रुपमा चिनिएको छ तर संस्थालाई राजनीतीकरण गर्न खोजिएको आभाष कताकता हुन्छ । हामीले यहाँको एनसीसीका गतिबिधीहरुलाई नियाल्दै आईसीसीलाई स्वच्छ बनाउने र संस्थालाई हामी सबैको संस्थाको रुपमा चिनाउने दायित्व निभाउनुपर्ने बेला आएको छ । वर्तमान नेतृत्वमा रहनु भएका शेष घलेलाई काम गर्ने एउटा अवसर मिलेको थियो । उनले त्यसलाई मौकामा चौका हाने जस्तै सफल नेतृत्वमा मरिणत गरे ।

एनआरएनएका थुप्रै भिजनहरु छन त्यो पुरा गर्न सकिरहेको छैन । शेष घलेले उम्मेदवारी घोषणा गर्दैगर्दाका कतिपय प्रतिबद्धताहरु पुरा भएका छैनन् । जे जति काम भए त्यो अवसर थियो । तर पनी कार्यकाल सफल भएको छ । धेरै कामहरु भएर पनि पुर्णता पाएको छैन ।

विश्व सम्मेलन नजिकिदै गर्दा खाडी क्षेत्र जुरमुराउनु स्वभाविक हो किनभने यहाँ धेरै नेपालीहरु बस्छन । खाडीले पनि एक पटक नेतृत्व पाउनु पर्छ भन्ने मान्यता राख्दै रोकिएका कामहरु अवको नेतृत्वले पुरा गर्ने अपेक्षा छ । कामहरु बोलेर मात्रै हुदैन व्यवहारमा उतार्नु पर्छ । जिउँदाको जन्ती मर्दाको मलामी भने झै खाडी क्षेत्रको समस्याका समाधानका लागी एकपटक यहीँ भिजेको व्यक्ति नेतृत्वमा पुग्न जरुरी छ जस्तो लाग्छ । सबैले एक पटक मौका पाउनु पर्छ त्यो स्वभाविकै हो । आगामी कार्यकालका लागि सवल नेतृत्व चुनियोस् । समस्याको जरो पत्ता लगाएर काम होस् ।

एनआरएनको गरिमा र उचाइ बढ्यो

केशव भुसाल बाँगी ८ अर्घाखाँची

9- Kesab Bhusalगैरआवासीय नेपाली सघंलाइ छोटो अर्थमा बुझ्दा यो एक अभियान हो । सन् २००३ मा स्थापना भइ गैरआवासीय नेपाली संघले संसारको कुना कुनामा रहेका नेपालीहरुलाई संगठनमा आबद्ध बनाएर एक सुत्रमा जोड्ने पुलको काम गरेको छ । नेपाली कला, भाषा साहित्य सस्कृतिको जगेर्ना गर्दै बिदेशी कला, भाषा, साहित्य र सस्कृतिसँग समानान्तर दिशामा एक अर्कोमा गहिरो सम्बन्ध स्थापित गरेको छ ।

गैरआवासीय नेपाली संघ यस्तो सस्था हो जसमा हरेक बिचार पेशा व्यवसाय र अन्य तह र तप्का भाषाभाषी समुदायका मानिसहरु समाबेश हुन सक्छन । नेपालबाहिर सार्क राष्ट्र भन्दा बाहेकका नेपाल सरकारका कर्मचारी बाहेक जो कोहि नेपाली यसमा आबद्ध हुन सक्ने जसको मूलमन्त्र नै नेपालका लागि नेपाली हो । जसले सबैलाई समेटेको स्पस्ट हुन्छ । साथै यो यस्तो संस्था पनि हो जसको नेपाल सरकार सँग दर्ता नभएको बेलामा पनि नेपालका प्रधानमन्त्रीदेखि सरकारी ओहदाका व्यक्तिले सम्बोधन गरेका छन् । तसर्थ यो प्रबासमा रहेका नेपालिहरुको एक साझा संस्था हो भन्दा फरक पर्दैन र मेरो बुझाई पनि आजसम्म यही नै रहेको छ ।

बिश्वका ७१ देशमा फैलिएर रहेको गैरआवासीय नेपाली संघको हरेक २ बर्षमा हुने विश्व सम्मेलन नजिकदै गर्दा उत्साह र उमङ्ग बढ्नु स्वभाविकै हो । विदेशका नेेपालीहरुको भावननको कदर गर्दै जिमेवारीपूर्वक अगाडि बढ्नपर्ने भएकोले यस सस्थाको नेतृत्व तहमा पुग्नु र भावनाअनुसार काम गर्नु निकै चुनौतीपूर्ण छ । बिगत १२ बर्षमा गैरआवासीय नेपाली संघलाई संसारको धेरै मुलुकहरुमा संगठित बनाउदै संघले सस्थाको परिचयात्मक एबम प्रचारात्मक कार्य गरेको छ । अबको विश्व सम्मेलनबाट सस्थालाई सामाजिक तथा मानबिय कार्यको पर्याय बनाउन हातो मालो गर्दै नेपालको हितको लागी सकारात्मक सोच र सहयोगी भावनाको साथ् यो सस्थालाई अगाडि बढाउनु पर्दछ ।

बर्तमान अध्यक्ष शेष घलेले २०१३-१५ को लागि जुन बचनबद्धताका साथ नेतृत्व लिएका छन्, उनले सस्थाको भावना र बिधानको परिधि भित्र रहेर सस्थाको गरिमा र उचाइ बढाएका छन् । यो अबधिमा सस्थाको आफ्नै भवनका लागि जागा खरिद भएर भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । बैसाख १२ को भुकम्पले तहसनहस बनेका गाउा गाउा पुगेर राहत उद्धारमा दिन रात खटिएका अध्यक्ष घलेले नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौम नेपाल, सहिष्णुता र स्वाभिमान नेपाली नै बिदेशमा रहेने सम्पूर्ण गैरआवासीय नेपालीहरुको पहिचान बनाउने काम इँटा थपेका छन् । यावत कुराहरुले उनको कार्यकाल सफल भएको खाडीबाट हामीले बुझेका छौ ।

एनआरएनएको नेतृत्वमा आउने जो कोहीले पनि कुरामा भन्दामा कर्ममा विश्वास गनुपर्दछ भन्ने एउटा ज्वलन्त उदाहरण हामीले देखिसकेका छौ । अव पुनः शेष घलेले आफ्नो बाँकी रहेका कामहरु पुरा गर्ने बचनबद्धताका साथ उम्मेदवारी दिईरहदा हामी खुसी नहुने कुरै भएन । अवको नेतृत्वमा रहेर खाडी लगायतका विभिन्न प्रक्रियामा रहेका काम सम्पन्न गर्नका लागि उहाँलाई सबैले सहयोग गर्नु आजको आवश्यकता हो । आगामी चुनौतीको सामना तथा अवसरको सदुपयोग गर्ने व्यक्ति नै एनआरएनएले चाहेको छ । यसलाई सबैले बुझ्नुहोला भन्दै सम्मेलनको शुभकामना दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment