Comments Add Comment

१५ वर्षपछि ब्राजिलविरुद्ध चिलीको जित

Arturo-Vidal
२२ असोज, काठमाडौं । चिलीले चिरप्रतिद्वन्द्वी ब्राजिलमाथि १५ वर्षमा पहिलो पटक जित हात पारेको छ ।

बिहीबार राति भएको विश्वकपको छनोट फुटबलमा चिलीले ब्राजिलमाथि २-० को जित हात पारेको हो । ब्राजिलमाथि चिलीले सन् २००० पछि पहिलो पटक जित हात पारेको थियो ।

चिलीको घरेलु मैदानमा भएको खेलमा ब्राजिल नेयमारविना मैदान उत्रिएको थियो । कोपा अमेरिकाका क्रममा चार खेलको निलम्बनमा परेका नेयमारले अझै दुई खेल गुमाउनेछन् ।

कोपा अमेरिका विजेता चिलीको जितमा इडुआर्डो भार्गास र एलेक्स सान्चेजले गोल गरे । ७२ औै मिनेटमा भार्गासको गोलबाट अग्रता लिएको चिलीका लागि खेलको अन्त्यतिर सान्चेजले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment