Comments Add Comment

एग्युरो घाइते, अर्जेन्टिना इक्वेडरसँग पराजित

Sergio-Aguero

२२ असोज, काठमाडौं । विश्वकप छनोट फुटबलमा अर्जेन्टिना इक्वेडरसँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएको हो । लिओनल मेस्सी विना मैदान उत्रिएको अर्जेन्टिनाका स्ट्राइकर सर्जिओ एग्युरो २० औं मिनेटमा घाइते भएर मैदान छाडेका थिए ।

अर्जेन्टिनाले ८० औं मिनेटसम्म बराबरी खेलेको थियो । तर, ८१ औं मिनेटमा इराजोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाए । एक मिनेटपछि नै काइसेडोले गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment